निर्वाचनमा अन्र्तराष्ट्रिय समुदायको सहयोग चाहिन्छ : प्रधानमन्त्री दाहाल

निर्वाचनमा अन्र्तराष्ट्रिय समुदायको सहयोग चाहिन्छ : प्रधानमन्त्री दाहाल

  • शनिबार, बैशाख ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ ,९ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा अन्र्तराष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अमेरिकी सिनेटरसँको भेटमा प्रधानमन्त्री दाहालले आगामी निर्वाचनमा अन्र्तराष्ट्रिय समुदायको सहयोगको आवश्यकता रहको बताउनुभयो ।

तोकिएकै समयमा स्थानीय तह निर्वाचन हुने अमेरिकी सिनेटलाई जानकारी गराउदै उहाँले संविधान कार्यान्वयनका लागि मुलुक अहिले स्थानीय तहको निर्वाचनमा होमिएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले स्थानीय सरकारको गठनपछि विकास आयोजना र समृद्धिको सपनाले अझ तीव्रता पाउने बताउनुभयो ।

भेटमा अमेरिकी सिनेटरहरु क्रिस्टोफर कुन्स र जेफ मक्र्लीले नेपालमा महिलाको राजनीतिक र सामाजिक क्षेत्रमा देखिएको जागरण विश्वकै निम्ति नमुनायोग्य रहेको बताएका थिए ।

प्रधानमन्त्री दाहालले नेपालमा सञ्चालित विकास आयोजना र त्यसको प्रभावकारिताका बारेमा जानकारी गराउनु भएको उहाको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले नेपालको विकास आयोजनामा अमेरिकाले गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ