धनगढीको चौराह टीमले जित्यो डीपीएल लिगको उपाधि

धनगढीको चौराह टीमले जित्यो डीपीएल लिगको उपाधि

  • शनिबार, बैशाख ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

धनगढी, बैशाख ९ ।
धनगढीको सशस्त्र प्रहरीको क्रिकेट मैदानमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत पहिलो संस्करणको उपाधि धनगढीकै चौराह टीमले हात पार्न सफल भएको छ ।

लिग चरणका सुरुवाती तीन खेलमा पराजित भएर पनि त्यसपछिका सम्पूर्ण खेलमा जित हात पार्दै पारस खड्का नेतृत्वको धनगढीले उपाधि उचाल्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको टीम चौराह धनगढीले आरिफ शेखको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको लक्ष्य पछ्याएको विराटनगर किङ्स १८ ओभर १ बलमा ९७ रनमै अलआउट भएपछि चौराहा धनगढीले ६२ रनको जित सुनिश्चित गरेको हो ।

विराटनगर किङ्सका लागि प्रनित थापामगरले सर्वाधिक २७ रन बनाए । अमित श्रेष्ठले २६ तथा दिपेन्द्र सिंह ऐरी र अनिल साहले समान १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । विराटनगरलाई सस्तैमा समेट्न सुशील भारीले ३, सौरभ खनालले २ र आरिफ शेखले एक विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रनको योगफल तयार पारेको हो । सामान्य सुरुवात गरेको धनगढीले अन्तिम ८ ओभरमा १ सय ११ रन जोडेपछि उच्च योगफल तयार पार्न सफल भयो । मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख, अमर राउटेला र कप्तान खड्काले उत्कृष्ट पारी खेलेपछि ३७ रन जोड्दा ३ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै धनगढीले उच्च योगफल तयार पारेको हो ।

आरिफले सर्वाधिक ५४ रन बनाए । चार छक्का र चार चौकाको मद्दतमा आरिफले ३० बलमा ५४ रन जोडे । यस्तै मात्र १५ बल खेलेका राउटेला ३१ रनमा नटआउट रहे । आरिफ र राउटेलाले पाँचौ विकेटका लागि मात्र ४ ओभरमा ६३ रनको साझेदारी गरे । विराटनगरका सुशील कँडेलले २ तथा सन्दिप लामिछाने, प्रकाश बिष्ट र जितेन्द्र मुखियाले समान एक एक विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी