नयाँ शक्तिको अवस्था बुझ्न चुनावको आवश्यक छैन : नेता श्रेष्ठ

नयाँ शक्तिको अवस्था बुझ्न चुनावको आवश्यक छैन : नेता श्रेष्ठ

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, बैशाख ८ ।
नेपाल कम्युनिष्ट पार्टीबाट अलग्गिएर छुट्टै नयाँ शक्ति पार्टी गठन गरेर चर्चामा आएका पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईलाई कुनै वडामा चुनाव जितेर देखाउन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले चुनौती दिएका छन् ।

राजधानीमा आज नेकपा माओवादी केन्द्र भीमसेन गाउँपालिका संघीय जनसम्पर्क मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुनाव जितेर देखाउन चुनौती दिएका हुन् । अधिकतम गरे हामीलाई भत्काउन सक्नुहोला । नेता श्रेष्ठले नयाँ शक्तिबारे टिप्पणी गर्दै भने, ‘एउटा वडा जित्नुहुन्छ की हुँदैन भन्ने प्रश्न छ ।’

कार्यक्रममा बोल्दै उनले भने, ‘नयाँ शक्तिको अवस्था कस्तो हुन्छ भन्ने थाहा पाउन चुनावको आवश्यकता पर्दैन ।’ उनले विगतमा एमालेबाट अलग भएका वामदेव गौतमले चुनाव जित्न नसकेको उदाहरण दिँदै सो कुरा उल्लेख गरेका हुुन् ।

‘चुनावपछि वामदेवको हालतमा पुग्छन् बाबुरामजी’ श्रेष्ठले भने, ‘वामदेवले एमालेका ५० प्रतिशत सीसीएम (केन्द्रीय सदस्य) लिएर नेकपा माले गठन गर्दा त चुनावमा त्यो हालत भयो र फेरी एमालेमा फर्किए ।’

भारतको विरोधका बाबजुद संविधान जारी हुनेबित्तिकै पार्टी छाडेर बाबुरामले भारतीय हस्तक्षेपलाई भित्र्याउन मद्दत गरेको उनले बताए ।
कांग्रेसले चुनाव गर्ने निश्चित नभए अर्को बाटो नेता श्रेष्ठले माओवादी नेतृत्वको सरकारले बैशाख ३१ गतेको चुनाव गर्ने र कात्तिक वा मंसिरमा केन्द्र र प्रदेशको चुनाव सुनिश्चित गरेर सरकारबाट बाहिरिने बताए ।

‘कात्तिक वा मंसिर मध्यसम्ममा बाँकी चुनाव हुन्छ’ उनले भने ‘यो चुनाव हामी गर्छौं, अर्को चुनाव सुनिश्चित गरिदिन्छौं, सहमतिअनुसार अर्को चुनाव कांग्रेसले गर्छ, कांग्रेसले चुनाव गर्ने ग्यारेण्टी भएन भने अर्को बाटो पनि हिँड्नु पर्ने हुन्छ ।’

अहिलेको चुनाव १९ वर्षअघिको स्थानीय निकायको जस्तो नभई बिल्कुलै नयाँ हुन लागेको श्रेष्ठले बताए । ‘यो व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकारसहितको स्थानीय सरकारको चुनाव हो’ उनले भने, ‘अब हामी जनताको पोल्टामा सरकार पुर्‍याउँछौं ।’

मधेश केन्द्रित दलले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन नचाहेको र केन्द्रमा नै हालीमुहाली गर्ने प्रवृत्ति भएकाले चुनावको विरोध गरेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ