नेकपा (संयुक्त) ले २१ जिल्लामा उम्मेदवारी दिने

नेकपा (संयुक्त) ले २१ जिल्लामा उम्मेदवारी दिने

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, बैशाख ८ ।
नेकपा (संयुक्त) ले स्थानीय तह निर्वाचनमा देशका २१ जिल्लामा उम्मेदवारी दिने भएको छ ।

पार्टीको सङ्गठन तथा सञ्जाल देशभर सबै जिल्लामा नभएका कारण सीमित स्थानमा मात्र उम्मेदवारी दिने तयारी गरिएको छ ।

पार्टीका अध्यक्ष गणेश साहकाअनुसार पछिल्लो संरचनाअनुसार प्रदेश नं. ६ का कुनै पनि स्थानमा पार्टीले उम्मेदवारी दिने छैन् । पार्टीले भ्रष्टाचार मुक्त समाज, समानतामा आधारित न्याय, नागरिक सम्मानजस्ता विषयलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिरहेको छ ।
स्थानीय तहमा रोजगार सिर्जना गरी बेरोजगारी समस्या समाधान गर्ने वातावरणमैत्री समाज निर्माण गर्ने विषयलाई केन्द्रमा राखेर घोषणापत्र निर्माण पूरा गरिने छ ।

पार्टीको केन्द्रीय अध्यक्ष साहको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भइसकेको छ ।

उम्मेदवारी दिने जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । सम्बन्धित समितिको सिफारिसमा उम्मेदवार जिल्ला कार्यसमितिले चयन गर्ने छ ।

मुलुकमा भइरहेको राजनीतिक अवस्थाकाबारेमा जनतालाई बुझाउने र पार्टीको एजेन्डाप्रति उनीहरुलाई सकारात्मक बनाउन उम्मेदवारी दिने क्षेत्रमा चुनावी सभाका साथै पार्टीले प्रगतिशील बामपन्थी लोकतान्त्रिक शक्तिसँग तालमेल समेत गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ