विप्लव नेतृत्वको चुनाव विरोधी कार्यक्रममा प्रहरीको हस्तक्षेप, तेइस पक्राउ

विप्लव नेतृत्वको चुनाव विरोधी कार्यक्रममा प्रहरीको हस्तक्षेप, तेइस पक्राउ

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

चितवन, बैशाख ७ ।
नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आज चितवनको भरतपुरमा आयोजना गरेको चुनावविरोधी कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

भरतपुरको चौबिसकोठीमा आयोजना गरेको सो कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले हस्तक्षेप गरेपछि भएको मुठभेडमा चितवन अमृतनगरका कृष्णप्रसाद पौडेल घाइते भएका छन् । घाइते पौडेलको चितवन अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीलाई ढुङ्गा हान्ने र टायर बाल्ने काममा संलग्न भएको आरोपमा प्रहरीले २३ जनालाई नियन्त्रणमासमेत लिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ