समृद्ध, विकसित राष्ट्र बनाउने हो भने कांग्रेसलाई जिताउनुपर्ने नेता कोइरालाको भनाई

समृद्ध, विकसित राष्ट्र बनाउने हो भने कांग्रेसलाई जिताउनुपर्ने नेता कोइरालाको भनाई

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ, बैशाख ७ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाललाई समृद्ध, विकसित राष्ट्र बनाउने बाटोतर्फ लाने हो भने चुनावमा नेपाली कांग्रेसले जित्नुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले आज एक कार्यक्रमको आयोजना गरेको ‘स्थानीय निर्वाचनमा प्रजातान्त्रिक विचार समाजको भूमिका’ विषयक अन्तक्र्रियामा महामन्त्री डा. कोइरालाले कांग्रेस सरकारको पालामा नेपालमा विकास निर्माणका कार्यहरू भएको भन्दै यसलाई निरन्तरता दिनका लागि भए पनि कांग्रेसले जित्नुपर्ने बताएका हुन् ।

उनले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार उठे वा पार्टीको उम्मेदवारलाई सहयोग नगरे कारबाही गरिने बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगनकुमार थापाले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचनका लागि दलहरूको सहमति आवश्यक रहेको भन्दै उनले भने ‘संसद्को ठूलो र संविधान निर्माणको नेतृत्व गरेको दलको हैसियतले सबै दललाई एकजुट बनाई अघि बढ्ने मुख्य दायित्व कांग्रेसको हो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ