मधेश केन्द्रित दलद्वारा आज पनि सदन बहिष्कार

मधेश केन्द्रित दलद्वारा आज पनि सदन बहिष्कार

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, बैशाख ७ ।
मधेश केन्द्रित दल आबद्ध सांसद्हरूले व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् ।

आजको संसद् बैठक सुरु हुनेबित्तिकै सांसद् अकवाल अमशद साहले मधेशी जनताको माग र भावनालाई सरकारले सम्बोधन गर्न नचाहेको र अधिकार दिन नचाहेको भन्दै गुनासो गरेका थिए ।

संविधान निर्माणको क्रमदेखि नै आफूहरूले उठाउँदै आएका मागमाथि पटक पटक धोका भएको र सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव अपूर्ण रहेको उनले बताएका थिए ।

उनको उक्त धारणालगत्तै मधेश केन्द्रित दलका सांसद्हरूले बैठक बहिष्कार गरेको थियो । निर्वाचनको वातावरण बनाउन आग्रह गर्दै व्यवस्थापिका–संसद्को आजको शून्य समयमा सांसद्हरूले स्थानीय तथा राष्ट्रिय समस्याका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले सरकारबाट यही बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा राजनीतिक समस्या समाधान गरी निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ