रूपन्देहीलाई हराउँदै धनगढीको चौराहा टीम डीपीएलको फाइनलमा प्रवेश

रूपन्देहीलाई हराउँदै धनगढीको चौराहा टीम डीपीएलको फाइनलमा प्रवेश

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, बैशाख ७ ।
सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा जारी रहेको धनगढी प्रिमियर लिग (डीपीएल)को दोश्रो प्लेअफमा रूपन्देही च्यालेञ्चर्सलाई ९२ रनले पराजित गर्दै धनगढी टीम चौराहा फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ७२ बनाउँदै रूपन्देहीलाई एक सय ७३ रनको लक्ष्य दिएको थियो । रूपन्देहीले १५ ओभर २ बलमा ८० रनमा सीमित हुन पुगेको थियो । ललित राजवंशी र सौरभ खनालले रूपन्देहीको ३/३ विकेट झारेका थिए । रूपन्देहीका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले १४ र पुष्प थापाले १३ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

उसका लागि कप्तान पारस खड्काले सर्वाधिक ६७ रन बनाए । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा ६७ रन बनाएका हुन् । यस्तै राजु रिजालले २५, अनिल मण्डलले १३, अमर रौतेलाले २४ रनको योगदान दिए ।

यस्तै विष्फोटक ब्याटिङ गरेका सौरभ खनालले ८ बलमा २ चौका र २ छक्काको मद्दतमा २४ रन जोडे । रूपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुषाल र शाहब आलमले एक एक विकेट लिए । धनगढीले अब उपाधिका लागि विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धात्मक खेल खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी