पाँच मधेशीको नयाँ पार्टीको औपचारिक घोषणा, पार्टीको नाम, झण्डा र चिह्न सार्वजनिक

पाँच मधेशीको नयाँ पार्टीको औपचारिक घोषणा, पार्टीको नाम, झण्डा र चिह्न सार्वजनिक

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, बैशाख ७ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध सात मधेशवादी दलमध्ये पाँच दलबीच एकता भएको छ ।

एकताको घोषणापछि नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । कार्यक्रमबीच पार्टी एकताको औपचारिक घोषणा गर्दै पार्टीको चिह्न र झण्डा ‘छाता’ सार्वजनिक गरेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकबीच एकता भएको हो । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भएको बताइएको छ ।

जावलाखेलको एक निजी घरमा बिहीबार राति पौने २ सम्म चलेको एकता बैठकको समापन गर्दै नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ