प्रतिपक्ष एमालेलगायतका दलहरूको बैठक बालुवाटारमा बस्दै

प्रतिपक्ष एमालेलगायतका दलहरूको बैठक बालुवाटारमा बस्दै

  • बुधबार, बैशाख ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, बैशाख ६ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमालेलगायतका दलहरूलाई वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बालुवाटारमा एक बैठक राखिएका छन् । मधेशी मोर्चाले संविधान संशोधनको दोश्रो प्रस्तावमासमेत असहमति राखेर आन्दोलनको घोषणा गरेपछि चुनाव र मोर्चाका मागहरूका बारेमा सहमति खोज्ने प्रयासस्वरूप प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

बिहान ९ बजेदेखि सुरु भएको बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, फोरम लोकतान्त्रिकका नेताहरू सहभागी हुने सचिवालयले जनाएको छ । आजको बैठकमा चुनावको तयारी अन्तिम चरणमा पुगेको बेला मधेशी मोर्चा र अन्य दलहरूले आन्दोलन सुरु गरेपछिको परिस्थितिका बारेमा छलफल हुनेछ ।

यसका साथै दुई नम्बर प्रदेशमा चुनावको मिति सार्ने या नसार्ने विषयमासमेत आज सहमति गरिने सम्भावना रहेको छ । प्रधानमन्त्री प्रचण्डले चुनाव हुनेमा शंका नगर्न बारम्बार बताउँदै आएका छन् । जसरी पनि चुनाव गराई छाड्ने र मधेशी मोर्चालाई समेत चुनावमा सहभागिता गराउँन सरकारले हदैसम्मको प्रयास गरिरहेको उनले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ