स्थानीय निर्वाचनमा सुरक्षा प्रवन्ध प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

स्थानीय निर्वाचनमा सुरक्षा प्रवन्ध प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ५ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वैशाख ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचनको सुरक्षा तयारीका विषयमा आज बिहान सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।

आफ्नै निवास बालुवाटारमा चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर उहाँले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा सुरक्षा प्रबन्धका बारेमा छलफल गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

सो क्रममा प्रधानमन्त्री दाहालले देशको सुरक्षा अवस्थाका बारेमा जानकारी लिदै निर्वाचनका लागि प्रभावकारी सुरक्षाको प्रबन्ध मिलाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको बताइएको छ ।

जवाफमा सुरक्षा अङ्गका प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जानकारी गराउदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको बताएका थिए ।

छलफलमा प्रधान सेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमूख दीलिप रेग्मी सहभागी हुनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ