महालक्ष्मी नगरमा मेयर पदका लागि कांग्रेसभित्रै भाँडभैलो

महालक्ष्मी नगरमा मेयर पदका लागि कांग्रेसभित्रै भाँडभैलो

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

ललितपुर, बैशाख ५ ।
स्थानीय तहको निर्वाचनका लागि महालक्ष्मी नगरपालिकाअन्तर्गत मेयर पदका लागि अहिलेसम्म शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीका २१ जनाले उम्मेदवार दाबी गर्ने भएका छन् । लामाटार, लुभु, सिद्धिपुर, टीकाथली र ईमाडोल गा.वि.स.लाई मिलाएर बनाइएको यस नगरपालिकामा कसको पल्ला भारी हुने हो त्यो भने हेर्न बाँकी नै रहेको छ ।

वि.सं. २०४९ र वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनको नतिजाको आधारमा एमालेको गढको लिइएको छ भने २०७० सालको संसदीय निर्वाचनमा कांग्रेसका चन्द्र महर्जनले विजय हासिल गरेपश्चात कांग्रेसको माहौल पनि राम्रो हुँदै गएको छ ।

एमालेले संविधानसभा निर्वाचनलाई छाडेर यसअघिको बर्चश्व कायम गर्ने गरी मेहनत गरिरहेको एमालेका नेता माधव पौडेलले बताए ।

एमालेकोतर्फबाट पाँच जनाले दाबी गरेका छन्, जसमा किशोर के.सी., रामेश्वर श्रेष्ठ, हरिगोबिन्द श्रेष्ठ, सूर्यबहादुर थापा र शैलेन्द्र रावत मेयर पदका लागि दाबेदारको रूपमा अगाडि सरेका छन् ।

यसैगरी, कांग्रेसकातर्फबाट मेयर पदका लागि सर्वाधिक १४ जनाले दाबी गरेका छन् जसमा पवन विक्रम थापा, रबिन्द्र महर्जन, हिरा पौडेल, महेन्द्रदेव सिंह, दिवाकर नेपाल, सुरेन्द्रलाल श्रेष्ठ, महेश खड्का, गणेश सिलवाललगायत उम्मेदवारहरू मैदानमा उत्रिने भएका छन् ।

उम्मेदवार मध्ये पवन विक्रम थापा महाधिवेशन प्रतिनिधि तथा तरुण दल ललितपुरका पूर्व अध्यक्षसमेत हुन् । थापा कार्यकर्ता माझ सोझा, सरल एवं निश्कलंक भएकाले नगरमा ज्याँदै लोकप्रिय नेताको रूपमा लिइन्छ । महेश खड्का ललितपुर–२ का क्षेत्रीय सभापति हुन् भने गणेश सिलवाल कानून व्यावसायी हुन् ।

दिवाकर नेपाल प्याप्सनमा आबद्ध छन् भने पर्यटन व्यावसायी रबिन्द्र महर्जन समाज सेवामा तल्लीन तथा कुशल व्यवस्थापकसमेत हुन् ।

नगरका मेयर छान्नलाई क्षेत्रीय नेताहरू कम्मर कसेर लागिपरेको भए तापनि सर्वसम्मत हुने सम्भावना भने कमै देखिएको छ । उम्मेदवारहरूलाई गुट उपगुटले उचाल्ने कार्यले नगरका वडाबाट सिफारिस माग्ने क्रममा पनि निषेधको राजनीति हाबी हुँदै गएको एकथरी उम्मेदवारहरूको गुनासो छ । वडा अध्यक्षलगायतका पदमा पनि आवश्यकभन्दा बढी संख्याको दाबी रहेकाले वडा अध्यक्ष छान्नलाई पनि सकस नै रहेको देखिन्छ ।

उपमेयर पदमा भने कांग्रेसबाट नेपाल महिला संघ क्षेत्र नं.–२ का क्षेत्रीय सभापति लक्ष्मी श्रेष्ठ, क्षेत्रीय कोषाध्यक्ष रञ्जना थापामगर र क्षेत्रीय सदस्य लक्ष्मी खनियाँको दाबी छ । माओवादीमा भने शिव कट्टेल र रामगोपाल महर्जनको दबी रहेको छ । यस नगरपालिकामा भोट हाल्ने संख्या अनुमानित ३० हजार रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ