मुलुकको अवस्थाबारे बुझ्न सुरक्षा प्रमुखहरूसँग प्रधानमन्त्रीको भेट

मुलुकको अवस्थाबारे बुझ्न सुरक्षा प्रमुखहरूसँग प्रधानमन्त्रीको भेट

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, बैशाख ५ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा अङ्गका प्रमुखहरूलाई बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री दाहालले आज बिहान नेपाली सेनाका प्रधान सेनापति रबिन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दीलिप रेग्मीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएको हो ।

भेटघाटमा प्रधानमन्त्रीले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे सुरक्षा अङ्गका प्रमुखहरूसँग जानकारी लिएको थियो । भेटमा प्रधानमन्त्रीले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको छ ।

भेटमा सुरक्षा अङ्गका प्रमुखहरूले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी भइरहेको जानकारी गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ