अन्तर्राष्ट्रिय एक फुटबल खेलाडीको गोली हानी हत्या

अन्तर्राष्ट्रिय एक फुटबल खेलाडीको गोली हानी हत्या

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, बैशाख ५ ।
अन्तर्राष्ट्रिय फुटबल खेलाडीको दर्जा पाएका पानामाका आमिल्कर हर्नाण्डेजको गोली हानी हत्या गरेको छ । उनी त्यहाँका राष्ट्रिय टोलीका ३३ वर्षीय मिडफिल्डरको गत शनिबार घरबाट बाहिर निस्किने क्रममा हतियारसहित आएका केहीँ अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेका थिए ।

कोलोन क्षेत्रमा भएको यो घटनामा मिडफिल्डर हर्नाण्डेजलाई थुप्रै गोली लागेको प्रहरीले बताएको छ । घटनामा अन्य दुई घाइते भएका थिए । हत्या अस्पतालनजिकै भएको बताइएको छ । राष्ट्रपति हुँवा कार्लोस भारेलाले हत्याको कडा शब्दमा भत्र्सना गरेका छन् । उनले हत्यामा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन कोलोनका अधिकारीलाई निर्देशनसमेत दिएका छन् ।

सन् २०१८ को विश्वकप छनौटमा संलग्न पानामाको टोलीमा हर्नाण्डेज पनि समावेश रहेका छन् । उनी अमेरिकाविरुद्ध १–१ गोलले बराबरी खेलमा २० मिनेट मैदानमा उत्रिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी