आज राष्ट्रपतिलाई गार्ड अफ अनर प्रदान गरिदै

आज राष्ट्रपतिलाई गार्ड अफ अनर प्रदान गरिदै

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ५ वैशाख ।
भारतको राजकिय भ्रमणमा रहँनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज गार्ड अफ अनरबाट सम्मान गरिँदैछ । दिल्लीस्थित राष्ट्रपति भवनमा हुने विषेश कार्यक्रममा समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुने जनाइएको छ ।

गार्ड अनर सम्मान ग्रहणपछि राष्ट्रपति भण्डारी राजघाटस्थित महत्मा गान्धीको समाधी स्थालमा पुग्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँले नोएडास्थित वायो डाइभर्सिटी पार्कको पनि अवलोकन गर्ने तयारी छ ।

राष्ट्रपति भण्डारीले आजै उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्लीसाग छुट्टा छुट्टै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पाँचदिने भ्रमणका लागि हिजो दिल्ली पुग्नु भएका राष्ट्रपति भण्डारीले हिजै दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवाल, भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरी लगायत दलका नेताहरुसँग गर्नुभएको थियो ।

हिजै राति भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्नु भएको रात्रिभोजमा पनि राष्ट्रपति भण्डारी सहभागी हुनुु भएको थियो । भ्रमण सकेर उहाँ आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ