राष्ट्रपति भण्डारीद्धारा भारतीय नेताहरुसँग भेट

राष्ट्रपति भण्डारीद्धारा भारतीय नेताहरुसँग भेट

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बैशाख ४, काठमाडौं । भारत भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज  भारतका विभिन्न राजनीतिक दलका नेतासँग भेट गर्नुभएको छ ।

भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा आज अपराह्न नयाँ दिल्ली पुग्नुभएका राष्ट्रपति भण्डारीसँग नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवाल, भारतीय कम्युनिस्ट पार्टी९माक्र्सवादी० का महासचिव सीताराम यचुरी, राष्ट्रवादी काँग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी र जनता दल९युनाइटेड०का शरद यादवले अलग अलग भेट गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमणले दुई निकट छिमेकी देशबीचको सम्बन्ध अझै प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालमा लोकतन्त्र संस्थागत गर्न भारत र भारतीय जनताको हिजोका दिनमा जस्तै सहयोग र शुभेच्छा रहने अपेक्षा गर्नुभयो ।

राष्ट्रपति भण्डारीसँगको भेटमा नेताहरुले नेपालमा शान्ति, स्थिरता र विकासमा आफूहरुको सदैव सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँहरुले नेपालमा लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचनमार्फत संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको र यसमा आफूहरुको सदैव शुभेच्छा रहेको पनि बताउनुभएको थियो । भारतीय नेताहरुले नेपालमा अझै पनि स्थिरता, विकास र लोकतन्त्रको संस्थागत विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै निर्वाचनमार्फत मुलुक स्थिरतातर्फ जाओस् भन्ने कामना गरेका थिए ।

राष्ट्रपतिसँगको भेटपछि भाकपा(माक्र्सवादी)का महासचिव यचुरीले नेपाल संविधान निर्माणपछि यसको कार्यान्वयनको ऐतिहासिक मोडमा रहेका बेला राष्ट्रपतिको ठूलो जिम्मेवारी रहेकाले चुनावमार्फत संविधान कार्यान्वयन होस् र आधुनिक नेपाल विकासको मार्गमा अगाडि बढोस् भन्ने आफूले शुभकामना व्यक्त गरेको बताउनुभयो ।

सो अवसरमा परराष्ट्रमन्त्री डा महत, शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

यसअघि राष्ट्रपति भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बालविकास मामिला राज्यमन्त्री कृष्णाराज, भारतीय विदेश मन्त्रालयका शिष्टाचार महापाल सञ्जय बर्मा, नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीलगायतले स्वागत गर्नुभएको थियो ।।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ