एमालेको निर्वाचन घोषणापत्र : ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर र्पुयाउने

एमालेको निर्वाचन घोषणापत्र : ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर र्पुयाउने

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ, बैशाख ४ ।

नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर र्पुयाउने महत्वकाक्षी योजना समेट्ने भएको छ ।

साथै आफ्नो पार्टीले जिते शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतालाई निःशुल्क र अनिवार्य गर्ने एमालेको दाबी छ ।

पछिल्लो तथ्यांक अनुसार नेपाली प्रतिव्यक्ति आय ७६६ डलर छ एमालेले स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदा तयार पार्न उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा टोली बनाएको छ ।

सञ्चारकर्मीहरुसँग आज भएको छलफलमा कार्यबाहक अध्यक्ष समेत रहेका गौतमले एमालेले यो पटक लक्ष्य मात्र होइन, त्यसलाई प्राप्त गर्ने आधारसहित घोषणा पत्र तयार पार्ने दाबी गर्नुभयो ।

गौतमका अनुसार ३ वर्ष्भित्र गरिबी निवारण गर्ने र ५ वर्ष्भित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर र्पुयाउने योजना घोषणा पत्रमा हुनेछ ।

साथै केन्द्रमा पनि एमालेको सरकार बनेपछि प्रत्येक घरमा एक रोजगारी दिने र ५ वर्ष्भित्र कोही पनि बेरोजगार बस्नु पर्ने अवस्था नरहने एमालेको दाबी छ ।

एमालेले १० वर्ष्भित्र नेपालको आर्थिक र विकास एसियाका अन्य देशको समान बनाउने योजना पनि घोषणा पत्रमा राख्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ