राष्ट्रपति भण्डारीलाई नयाँ दिल्लीमा यो कस्तो अपहेलना ? व्यावहारले देखायो भारत र नेपालको अन्तर !

राष्ट्रपति भण्डारीलाई नयाँ दिल्लीमा यो कस्तो अपहेलना ? व्यावहारले देखायो भारत र नेपालको अन्तर !

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौं, बैशाख ४ ।
नेपालका लागि प्रथम महिला राष्ट्रपति हुन सफल भएकी विद्यादेवी भण्डारी आजबाट पाँच दिने राजकीय भ्रमणका लागि मित्रराष्ट्र भारत पुगेकी छन् । उनलाई भारतका राष्ट्रपति प्रणब मुखर्जीले राजकीय भ्रमणका लागि मैत्रीपूर्ण निमन्त्रणा दिएका हुन् ।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ११ बजे नेपाल वायुसेवा निगमको विमानबाट त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारीलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न भारतकी महिला तथा बाल विकास राज्यमन्त्री कृष्णा राज पुगेकी थिइन् ।

तर, योभन्दा पनि अचम्मको कुरा भनेको भारतीय राष्ट्रपति प्रणब मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमणमा आउँदा उनलाई स्वागत गर्न नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम् उपस्थिति भएकी थिइन् तर, राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाँदा राष्ट्रपतिको त कुरै छोडौँ प्रधानमन्त्री नरेन्द्र मोदीसमेत स्वागत गर्न पुगेनन् उनलाई स्वागत गर्न आइन् त महिला तथा बाल विकास राज्यमन्त्री कृष्णा राज ।

यसले के कुरा प्रष्ट हुन आउँछ भने नेपाल र भारतबीच जनसंख्या, त्यहाँको विकास, क्षेत्रको मूल्याङ्कनलगायत कुराले नेपालको स्वाभिमानलाई अपमान गरेको प्रष्ट देखिन्छ ।

त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ जाने छिन् । राष्ट्रपति भण्डारी पाँच दिने भ्रमण सकाएर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ