स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलता छ : गृहमन्त्री

स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलता छ : गृहमन्त्री

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ४ वैशाख ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलता रहेको बताउनु भएको छ । प्रतिकुलताका बाबजुद निर्वाचन सफल हुने उहाँले बताउनुभयो ।

मध्यपश्चिम क्षेत्रीय सुरक्षा सम्मेलनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै गृहमन्त्री निधीले स्थानीय तहका चुनावका लागि केही असन्तुष्टि, असहमति र प्रतिकुलताको अवस्था रहेको बताउनुभयो ।

उहाँले सम्मेलनमा सहभागी चारवटै सुरक्षा निकायका प्रमुख तथा मध्यपश्चिम विकास क्षेत्रका १५ जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन दिँदै निर्वाचन पूर्व, निर्वाचन अवधी र निर्वाचनपछि गरी तीनचरणको सुरक्षा रणनीति तयार पारिएको जानकारी दिनुभयो ।

गृहमन्त्री निधीले केन्द्रीय सुरक्षा नीति र योजना बनाएर कार्यान्वयन गरिएको बताउँदै मतदाता, उम्मेद्वार, राजनीतिक दल, चुनावमा खटिने कर्मचारी लगायत मतदानस्थल र बाहिरको सुरक्षाको जिम्मा सरकारको भएको बताउनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकायबिच समन्वयात्मक भूमिकामा परिचालन हुने जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी क्षेत्रीय सुरक्षा सम्मेलनको आयोजना गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ