म्यान्चेस्टर युनाईटेडद्वारा चेल्सी २ विरुद्ध शून्यले पराजित

म्यान्चेस्टर युनाईटेडद्वारा चेल्सी २ विरुद्ध शून्यले पराजित

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, बैशाख ४ ।
जारी रहेको इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई २ विरुद्ध शून्य गोलले पराजित गरेको छ ।

गएराति युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई पराजित गर्दै मार्कस रास्फोर्ड र एण्डर हरेराले एक एक गोल गर्दै हिरो साबित भएका छन् ।

लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा लिभरपुलले वेष्ट ब्रोमलाई १ विरुद्ध शून्य गोलले पराजित ग‍रेको छ । खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले एक मात्र निर्णायक गोल गरेका थिए ।

रातिका खेलहरूपछि प्रिमियर लिगको अंक तालिकामा ३२ खेलबाट ७५ अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहेको छ ।

समान खेलबाट ७१ अंक जोडेको टोटनह्याम हट्सपर दोश्रो स्थानमा छ भने एक खेल बढी खेलेको लिभरपुल ६६ अंकसहित तेश्रो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी