डिपिएलमा रुपन्देही च्यालेन्जर्स र कञ्चनपुर आइकोनिक विजयी

डिपिएलमा रुपन्देही च्यालेन्जर्स र कञ्चनपुर आइकोनिक विजयी

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

धनगढी, ३ वैशाख । धनगढीमा जारी डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ ।

रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले पराजित गरेको हो । जितपछि रुपन्देही च्यालेन्जर्स अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा १३२ रन बनायो । उसका लागि अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२, पुष्प थापा १७ र हरिशङ्कर शाहले १४ रन बनाए ।

बलिङतर्फ विराटनगरका लागि सुशील कँडेलले दुई विकेट, पवन सर्राफ, किशोर महतो, सन्दिप लामिछाने र कप्तान शरद भेषवाकरले एक÷एक विकेट लिए ।

१३३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर किङ्गसले १८ दशमलव एक बलमा सवै विकेट गुमाउँदै ७१ रन बनायो । रुपन्देही च्यालेन्जर्सका साहव आलमले चार ओभरमा १९ रन दिँदै चार विकेट लिए । यस्तै दिपेश श्रेष्ठ र कृष्ण कार्कीले तीन÷तीन विकेट लिए ।

अर्को खेलमा कञ्चनपुर आइकोनिक विजयी भएको छ । कञ्चनपुर आइकोनिकले सिवाइसी अत्तरियालाई छ विकेटले हरायो । पहिले ब्याटिङ गरेको सिवाइसी अत्तरियाले कञ्चनपुर आइकोनिक सामु ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि प्रदीप ऐरीले १९ र ज्ञानेन्द्र कुँवरले १५ रन बनाए । कञ्चनपुरका लागि अभिनाश कर्ण र सुनिल धमलाले समान तीन–तीन विकेट लिए ।

सिवाइसीले दिएको लक्ष्य कञ्चनपुर आइकोनिकले १० ओभरमा चार विकेट गुमाएर पुरा ग¥यो । आइकोनिकका लागि विनोद भण्डारीले १६, सागर पुनले २२, सुनिल धमला २८ र हसिम अन्सारीले २२ रन बनाए । सिवाइसीका लागि विनोद लामाले दुई र ज्ञानेन्द्र कुँवरले एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी