राष्ट्रपति भण्डारी आज भारत जादै , जाँदा आउँदा सार्वजनिक बिदा

राष्ट्रपति भण्डारी आज भारत जादै , जाँदा आउँदा सार्वजनिक बिदा

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, वैशाख ४ ।

राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित आज भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारीले पहिलो विदेश भ्रमणका रूपमा छिमेकी भारतको पाँचदिने भ्रमण गर्न लाग्नुभएको हो ।

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव, सांसदहरू किरण यादव, उषा शाह, सीता नेपाली, पूर्व राज्यमन्त्री र पूर्व सांसदलगायत रहनुभएको छ । भ्रमण टोलीमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका १५ कर्मचारी पनि सहभागी हुनेछन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतमा रहँँदा राष्ट्रपति भण्डारी विभिन्न स्वागत समारोहमा सहभागी हुनुुहुनेछ । भ्रमणका क्रममा उहाँ गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ ।

उहाँ आज दिल्ली पुगेपछि होटल ताजमान सिंहमा नेपाली राजदूत दिपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ । राष्ट्रपति भण्डारीले भोलीबाट मात्रै राजनैतिक भेटवार्ता सुरु गर्नुहुनेछ । उहाँको भ्रमणका क्रममा दुई देशबीच कुनै महत्तोपूर्ण सम्झौता भने नहुने परराष्ट्र मन्त्रलयले जनाएको छ ।

यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गर्नुभएको थियो ।

सरकारले राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने दिन आज र आउने दुवै दिन सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति आगामि वैशाख ८ गते स्वदेश फर्कनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ