सुनसरी , ३ वैशाख ।
नेपाल कम्युनियट पार्टीले निर्वाचन खारेजिका लागी भन्दै चलाएको तीन महिने एकिकृत जनजागरण तथा प्रतिरोध अभियान पूर्वको सुनसरी जिल्लामा तिब्र बनाएको छ ।
अभियान अन्तरगत भित्ते लेखन , पर्चा वितरण , पम्प्लेटि गर्नुका साथै जनताको घरदैलोमा पुगेर निर्वाचनमा मतदान बहिस्कार गर्न आग्रह गर्ने कार्यलाई तिब्र पारीको सो पार्टीका सुनसरी ईन्चार्ज कृष्ण कुमार श्रेष्ठले बताउनु भयो ।
यस्तै जिल्लामा रहेका सरकारी कार्यलयका प्रमुखहरुसँग छलफल गरी आसन्न स्थानिय तहको निर्वाचन खारेजी अभियानमा समर्थन जनाउन पनि आग्रह गरिएको सो पाटीले जनाएको छ ।
कम्युनिष्ट पार्टीले भित्तेलेनका साथै जिल्लाका सम्पूर्ण सरकारी कार्यलयका ढोका सम्म निर्वाचन खारेजी अभियानको पम्प्लेट टासेको छ ।
सुनसरी जिल्ला अदालत देखि अन्य बिभिन्न सरकारी कार्यलयको ढोकासम्म पम्प्लेट टासिएको छ भने नेता कार्यकर्ताहरु जनतालाई पर्चा बाड्दै अभियानबारे जानकारी गराउनमा ब्यस्त छन् ।

अहिले सो क्षेत्रका जनतामा अभियानबारे चासो समेत बढ्दै गएको जिल्ला सेक्रेटरी युगेन राईले बताउनु भयो । जनताहरु स्वयम पार्टीको अभियामा सामेल हुन थालेको पनि ईन्चार्ज श्रेष्ठको भनाई छ ।
त्यति मात्र नभएर कतिपय स्थानमा शिक्षक ,कर्मचारी , महिला तथा स्थानीय जनताले निर्वाचन खारेज सम्बन्धी पर्चा वितरणमा समेत सहभागीता जनाएको अभियान टोलीका सदस्य लक्षमण कार्कीले बताउनु भयो । उनीहरु आफैले अभियान टोलीसँग पर्चा पम्प्लेट मागेर लगि वितरण गर्ने काम समेत गरेका कार्कीको भनाई छ ।







