काठमाडौं, बैशाख ३ ।
नेपाल प्रेस युनियन बाग्लुङ शाखाले आयोजना गरेको एक पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थनीय तहको चुनाव केही समय पछि सारेर भए पनि एकै चरणमा चुनाव गर्नुपर्ने कुरामा जोड दिएका छन् । उनले मधेशी मोर्चालाई सहमतिमा ल्याउनका लागि चुनावको मिति सार्न सकिने सङ्केत दिएका छन् ।
दुई–दुई पटक संविधान संशोधन प्रस्ताव ल्याउँदा पनि मेधशी मोर्चाले नयाँ–नयाँ माग थप्दै राजनीतिक अड्चन सिर्जना गरेको उनले आरोप लगाएका छन् भने सरकारले मोर्चासँग छलफल गरेरै संविधान संशोधन प्रस्ताव ल्याएको हो तर मोर्चाले प्रस्ताव ल्याएकै दिन आन्दोलन र चुनाव बहिष्कारको घोषणा गरे, मोर्चा कतै चुनाव हुन नदिने पक्षमा त छैन भन्ने आशङ्का उब्जेको छ, चुनावद्वारा मुलुकलाई अघि नबढाए मुलुक गम्भीर सङ्कटमा फस्नसक्ने उनको भनाइ रहेको छ ।
मधेशी मोर्चाका मागप्रति नेपाली कांगेस सधैं संवेदनशील भएतापनि प्रमुख तीन दलबीच मधेशी मोर्चाको खुला छलफल हुनुपर्ने बताएका छन् ।