मधेशी मोर्चा र संघीय गठबन्धनद्वारा बैशाख ५ देखि आन्दोलनको घोषणा

मधेशी मोर्चा र संघीय गठबन्धनद्वारा बैशाख ५ देखि आन्दोलनको घोषणा

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, बैशाख ३ ।
राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न नसक्ने भएकाले मोर्चा गठबन्धनले विधेयकलाई अस्वीकार गरी संघीयता, राष्ट्रिय पहिचान, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरणलगायत सबै खालका असमानता र विभेद अन्त्य गराउन र विगतमा प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्नका लागि आन्दोलनमा जान बाध्य भएको जनाएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सङ्घीय गठबन्धनको आयोजनामा काठमाडौंस्थित अनामनगरमा रहेको सम्वाद डबलीमा एक पत्रकार सम्मेलन गरी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन घोषणाबारे जानकारी दिएका हुन् ।

विगतमा जारी गरेको संविधान जबरजस्ति घोषणा गरी सच्याउनुपर्ने कुरामा मोर्चासहित संघीय गठबन्धनले सरकारसमक्ष उठाएका ११ बुँदे र २६ बुँदे मागहरूको सम्बोधन गर्नुपर्ने लगायत संघीय संरचनाका मुद्दाहरू सम्बोधन गरी सर्वप्रथम संघीय संसद् र प्रादेशिक विधायिकाको निर्वाचन गराएर मात्र प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र, गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको निर्वाचन गरिनुपर्ने कुरामा जोड दिँदै संघीय लोकतान्त्रिक प्रणालीको मूल मर्म र आधार भएको जनाएको छ ।

जनताको अधिकार प्राप्ति, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ