काठमाडौ ,३ वैशाख ।
भोलीदेखि भारत भ्रमणमा जान लाग्नु भएका राष्ट्रपति बिद्यादेवी भण्डारीले आज पुर्ब प्रधानमन्त्री सहित विभिन्न दलका शिर्ष नेताहरुसँग आफ्नो भ्रमणबारे परामर्श गर्नुभएको छ ।
भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा ५ दिने राजकीय भ्रमणका लागि भोली उहाँ भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।
सितल निवासमा भएको छलफलमा पुर्व–प्रधानमन्त्री डा. बमबुराम भट्टाराई, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, पुर्व–उपप्रधानमन्त्रीहरु वामदेव गौतम, रामचन्द्र पौडेल र उपेन्द्र यादव दगायतको उपस्थिति रहेको थियो ।
भ्रमणका क्रममा भण्डारीले राष्ट्रपति मुखर्जी सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ । राष्ट्रपतिको भ्रमणका क्रममा कुनै सम्झौता भने नहुने जनाइएको छ ।