काठमाडौं, बैशाख ३ ।
संविधानको अन्तरवस्तुमा असहमती राखेर आन्दोलन गर्दै आएको मधेशी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय निर्वाचन बिरुद्ध आज थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।
संविधान संशोधनबिना निर्वाचनमा सहभागी नहुने घोषणा गरेको मधेशी मोर्चाले सरकारले गएको चैत्र २७ गते संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकप्रति असन्तुष्टी जनाउँदै आन्दोलन चर्काउने र निर्वाचनमा भाग नलिने घोषणा गरेको हो ।
सरकारले प्रदेश सिमाङ्कन विवाद आयोग बनाएर टुङ्गयाउनेगरी मोर्चाकै सहमतिमा प्रस्ताव दर्ता गरेको हो ।
कार्यदलस्तरमा भएको सहमतीलाई सदर गरेको मोर्चाले आफैँ उलङ्घन गरेर सरकारी प्रस्ताव नमान्ने र आ न्दोलनमै रहने निर्णय गरेकोलाई सरकारले आश्चर्य भनेको छ ।
शनिबार बसेको गठबन्धनको बैठकले बैशाख ५ गतेदेखि एक महिना सम्मको आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलनको कार्यक्रमको अन्तिम टुंगो लगाई कार्यतालिका बनाउन आज गठबन्धनमा आबद्ध दलका अध्यक्षबीच पुनः छलफल हुने भएको छ ।