काठमाडौ ३ वैशाख ।
भोलीदेखि भारत भ्रमणमा जान लाग्नु भएका राष्ट्रपति बिद्यादेवी भण्डारीले आज पुर्ब प्रधानमन्त्री सहित विभिन्न दलका शिर्ष नेताहरुसँग आफ्नो भ्रमणबारे परामर्श गर्दै हुनुहुन्छ ।
भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा ५ दिने राजकीय भ्रमणका लागि भोली उहाँ भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।
सितल निवासमा केहिबेरपछि हुने छलफलकमा नेपालमा रहेका पुर्व–प्रधानमन्त्री, राप्रपा अध्यक्ष कमल थापा, पुर्व–उपप्रधानमन्त्रीहरु वामदेव गौतम, रामचन्द्र पौडेल र उपेन्द्र यादवलाई बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा भण्डारीले राष्ट्रपति मुखर्जी सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ । राष्ट्रपतिको भ्रमणका क्रममा कुनै सम्झौता भने नहुने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline