७५ वटै जिल्लामा आजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

७५ वटै जिल्लामा आजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौंँ, वैशाख ३ गते ।

स्थानीय तह निर्वाचनका लागि आजबाट देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।

जिल्ला न्यायधिसको नेतृत्वमा ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताउनु भयो ।

निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृतहरू पनि सम्बन्धित जिल्ला सदरमुकाम पुगिसकेका छन् ।उनीहरुले आजैबाट कार्यभार सम्हाल्नेछन् ।

आयोगले जम्मा ७४४ स्थानीय तहका लागि हुने निर्वाचनमा ७५ जना मुख्य निर्वाचन अधिकृत र अन्य निर्वाचन अधिकृतको नियुक्ति गरिसकेको छ ।

आयोगले ६६९ जना निर्वाचन अधिकृतको कार्यालय भने वैशाख १२ मा खोल्ने तयारी गरेको छ ।

उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुरमा मुख्य निर्वाचनको कार्यालय खोल्ने यादबले बताउनु भयो ।

क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौँका जिल्ला निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले काठमाडौँका लागि राष्ट्रिय सभामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी पूरा भएको बताउनुभयो ।

काठमाडौँको मुख्य निर्वाचन अधिकृतमा पुरुषोत्तम ढकाल खटिनुभएको छ र यस जिल्लामा ३२० वटा मतदानस्थल तोकिएका छन् ।

काठमाडौँमा दुई लाख ७२ हजार २७१ पुरुष र दुई लाख ८७ हजार ११८ महिला र ११ जना तेस्रोलिङ्गी गरी पाँच लाख ५९ हजार ४०० मतदाता छन् ।

यसैगरी ललितपुरका जिल्ला निर्वाचन अधिकारी सीता साम्बाले मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहने बताउनुभयो ।

ललितपुरको मुख्य निर्वाचन अधिकृतमा बालमुकुन्द दवाडी हुनुहुन्छ । यस जिल्लामा पुरुष एक लाख तीन हजार ७७, महिला एक लाख नौ हजार ३९३ र तेस्रोलिङ्गी एक गरी जम्मा दुई लाख १३ हजार ७३ मतदाता छन् ।

यस्तै भक्तपुरका जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार भक्तपुर नगरपालिका नजिकै रहेको भवनमा भक्तपुरको मुख्य निर्वाचन कार्यालय स्थापना गर्ने तयारी गरिएको छ ।

भक्तपुरमा ७८ हजार ९२६ पुरुष, ८२ हजार ५९८ महिला र पाँच तेस्रोलिङ्गी गरी जम्मा एक लाख ६१ हजार ५२९ मतदाता छन् । भक्तपुरमा ८७ वटा मतदान केन्द्र तोकिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ