काठमाडौँ, ३ वैशाख ।
संविधान संशोधनको नयाँ विधेयकले समेत आफूहरूको माग सम्बोधन नभएको भन्दै थप सङ्घर्ष अघि बढाउने निर्णय गरेको मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आज आगामी सङ्घर्षका एजेन्डा सार्वजनिक गर्दै छ ।
गठबन्धनको आज पत्रकार सम्मेलन गरी हिजोको बैठकले आगामी सङ्घर्षका एजेन्डा तय गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएके हो ।
निर्वाचनमा भाग नलिने निर्णय गरेको गठबन्धनले निर्वाचनका गतिविधि अवरोध गर्नेसम्मका कार्यक्रम तय गरेको गठबन्धनका सचिवालय सदस्य एवम् राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले राससलाई जानकारी दिनुभयो ।
उहाँले आन्दोलनका एजेन्डाबारे हिजो छलफल गरेको र आज बिहान गठबन्धनका शीर्ष नेताहरूले पुन छलफल गरी सोहि आधारमा आन्दोलनका कार्यक्रम तय गरी मध्याह्न पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline