हिमाल, पहाड र तराईका नागरिक मिलेर अगाडि बढ्नुपर्ने :पूर्व राष्ट्रपति यादव

हिमाल, पहाड र तराईका नागरिक मिलेर अगाडि बढ्नुपर्ने :पूर्व राष्ट्रपति यादव

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

वालिङ, २ वैशाख । पूर्व राष्ट्रपति डा रामवरण यादवले आसन्न स्थानीय तहको निर्वाचनलाई अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा रहेको जनता माध्यमिक विद्यालयको आज स्वर्ण महोत्सव स्तम्भको अनावरण तथा स्मारिकामा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहजनक रुपमा सहभागिता जनाएर संविधानको कार्यान्वयनमा लाग्न आग्रह गर्नुभयो ।

“लामो समयदेखि रिक्त स्थानीय तह अबको निर्वाचनबाट पूर्ण हुनेछ,” उहाँले भन्नुभयो –“निर्वाचनलाई अवसरका रुपमा लिएर जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरी संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु आजको प्राथमिकता हो ।”

मुलुकको विकासका लागि हिमाल, पहाड र तराईका नागरिक समान भएकाले सबै एकआपसमा मिलेर अगाडि बढ्नुपर्नेमा पूर्व राष्ट्रपति यादवले जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ