निर्वाचन बहिष्कार गर्ने कुरा कसैले गर्नु राम्रो हुँदैन : उपप्रधानमन्त्री थापा

निर्वाचन बहिष्कार गर्ने कुरा कसैले गर्नु राम्रो हुँदैन : उपप्रधानमन्त्री थापा

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बर्दिया, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो नभएको बताउनुभएको छ ।

आज सदरमुकाम गुलरियामा भेरी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो – “मुलुक निर्वाचनमा होमिइसकेको छ । अब बहिष्कार गर्ने कुरा कसैले गर्नु राम्रो हुँदैन ।” उहाँले निर्वाचन तोकिएकै मितिमा गरेरै छाड्ने बताउनुभयो ।

“निर्वाचनको बहिष्कार गर्नु भनेको नेपाली जनतालाई अधिकारबाट वञ्चित गर्नु हो, जनताको अधिकार सुनिश्चित गर्न निर्वाचन बहिष्कारको कुरा गर्नु उपयुक्त हुँदैन,” अध्यक्ष थापाले भन्नुभयो ।

सिंहदरबारमा रहेको अधिकार अब जनताको घरदैलोमै पुग्ने भएकाले सबै जनतालाई निर्वाचनमा भाग लिन उहाँले आग्रह गर्नुभयो । मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको अध्यक्ष थापाको भनाइ थियो । उहाँले निर्वाचन बहिष्कार गर्ने निर्णयबारे पुनर्विचार गर्न मधेसी मोर्चालाई आग्रह गर्नुभयो ।

केही दल जातजाति, भाषा, भूगोलजस्ता विषयलाई लिएर नेपाली जनताबीचको एकतालाई भाँड्न लागिपरेकाले सबै सचेत हुनुपर्नेमा थापाले जोड दिनुभयो ।

भेरी अञ्चलस्तरीय भेलालाई राप्रकाका महामन्त्री धवलशम्शेर राणा, केन्द्रीय सदस्यहरु फत्तेसिंह थारु, कुन्ती शाही, कोमल वलीलगायतले सम्बोधन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ