भक्तपुरमा आयोजीत दुवाथोलन खेलमा आर्मीको कब्जा

भक्तपुरमा आयोजीत दुवाथोलन खेलमा आर्मीको कब्जा

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

भक्तपुर २ बैशाख । भक्तपुरमा पहिलो पटक सम्पन्न दुवाथोलन खेलमा नेपाल आर्मीले कब्जा जमाएको छ ।
भक्तपुर ट्राइथालेन संघले आयोजना गरेको दुवाथोलन खेलमा पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो बिधाको उपाधि नेपाल आर्मीले कब्जामा लिएको हो । त्यस्तै महिला तर्फको बिद्यामा समेत नेपाल आर्मीले आफ्नो कब्जा कायम राखेको छ ।
पुरुष तर्पm क्रमश त्रिभुवन आर्मीका मान बहादुर थापा, हिमाल टमटा र बसन्त थारुले उपाधि कब्जा गर्न सफल भएका छन् ।
त्यस्तै महिला तर्फ क्रमश त्रिभुवन आर्मीका पुष्पा कुमारी भण्डारी, हिमालयन याक्सनका लक्ष्मी मगर र आर्मीकै मञ्जु खड्का उपाधि जित्न सफल भएका छन् ।
बिजेताहरुलाई प्रथम दश हजार , दोस्रो पाँच हजार र तित्रिय हुनेलाई तीन हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । पुरुष तर्फका बिजेताहरुलाई नेपाल ट्राईथोलवन एशोसियसनका केन्द्रिय महासचिब निलेन्द्र राज श्रेष्ठ र महिला तर्फका बिजेतालाई भक्तपुर प्रहरी परिसरका प्रमुख किरण राणाले प्रदान गरेका थिए ।
६० भन्दा बढी खेलाडीको सहभागिता रहेको दुवाथोलन दौडने र साईकल चलाएर खेल सम्पन्न गरिएको थियो । भक्तपुरको दत्रातय मन्दिर बाट दौडदै आएका खेलाडीहरुले पाँच तले मन्दिरमा रहेको साईकल लिएर दुधपाटी , सल्लाघारी , सूर्यबिनायक च्यामासिंह हुँदै पाँच तले मन्दिरमा आएर फेरी साईकल राखि दौडदै दरवार क्षेत्र इताछें हुँदै पाँच तल मन्दिर पुगेका थिए ।
स्वस्थ रहन खेलांै र खेलको माध्यम बाट पर्यटन प्रर्वदनमा सहयोग पुराऔं भन्ने नाराका साथ नयाँ बर्षको आगमन र नेवार समुदायको प्रमुख जात्राका रुपमा परिचित बिस्केट जात्राको अवसरमा उक्त दुवाथोलन खेल आयोजना गरिएको भक्तपुर ट्राईथालेन संघका महासचीव राकेश श्रेष्ठेल जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी