काठमाण्डौ ,२ वैशाख ।
आगामि स्थानिय तहको निर्वाचनको तयारीलाई तिब्र बनाएको नेकपा माओवादी केन्द्रले चुनावी प्रतिबद्धतालाई अन्तिम रुप दिएको छ ।
पार्टी कार्यलय पेरिशडाडामा आज बिहान बसेको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले माओवादी केन्द्रको उपहार ,गाँउ ÷नगरमा सिंहदरबार भन्ने नारा सहितको प्रतिबद्धतालाई अन्तिम रुप दिएको हो ।
माओवादी नेता देव गुरुङको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले स्थानीय तह निर्वाचलाई प्रभावकारी बनाउने बिषयमा छलफल गरि प्रतिबद्धतालाई पारीत गरेको समिति सदस्य हितराज पाण्डेले जानकारी दिनु भयो ।
उक्त प्रतिबद्धता आगामि ९ गते आयोजित कार्यक्रमबाट सार्वजनिकि गरी घर दैलो अभियान सन्चालन गर्ने माओवादीले जनाएको छ ।
हिजो बसेको पार्टीको हेडक्वाटर बैठकले वैशाख ९ गते कार्यक्रम गरी चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुका साथै सबै ७४४ वटै स्थानीय तहका लागी उम्मेदवारको नाम घोषणा गर्ने निर्णय गरिसकेको छ ।