काठमाडौ २ वैशाख ।
धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा आज भएको खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले हराएको हो ।
कञ्चनपुरले दिएको ८१ रनको लक्ष्य विराटनगरले मात्र ९ दशमलव १ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । विराटनगरका लागि कप्तान शरद भेषावकरले २८ रनको योगदानी दिए ।
कञ्चनपुरका लागि पाँच वटै विकेट सागर पुनले लिए । यसअघि अन्चल प्रहरी कार्यलय धनगढीको मैदानमा टस हारेर ब्याटिङ सुरु गरेको कन्चरनपूरले कमजोर प्रदर्शन गर्दै विराटनगर सामु ८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
कन्चनपूरका लागि हसिम अन्सारीले २७, केशव भूर्तेलले १९ तथा आशिष पोखरेलले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेन ।
कन्चनपूरका अभिनास कर्ण, सिद्धान्त लोहनी र ललित भण्डारीले खाता खोल्न सकेन । कन्चनपूरको विकेट ध्वस्त पार्ने क्रममा विराटनगरका शुसिल कँडेलले ४, जितेन्द्र मुखियाले २ तथा सन्दिप लामिछाने ४ विकेट लिए ।
प्रतियोगिता अन्तरगत आजै हुने अर्को खेलमा बसन्त रेग्मी नेतृत्वको काठमाडौ गोल्डेन्स र पारस खड्का नेतृत्वको धनगढी टीम चौराहाबीच प्रतिस्पर्धा हुनेछ ।