काठमाण्डौ ,२ वैशाख । सत्तारुढ दल नेपाली काग्रेसले आज आफ्ना २ नम्बर प्रदेशका मधेश केन्द्रित नेताहरुसँग छलफल गर्दै छन् ।
आफ्नै पार्टीका मधेस केन्द्रित नेताले संविधान संशोधनबिना निर्धा्िरत मितिमा निर्वाचन सम्भव नरहेको बताएपछि मधेसप्रति धारणा बनाउन काग्रेसले बैठक आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने बैठकमा सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी उपस्थित हुनेछन् ।
बैठकमा प्रदेश नम्बर २ का जिल्ला सभापति, केन्द्रीय सदस्य र सांसदहरूसँग संविधान संशोधन र निर्वाचनका विषयमा सुझाव लिने जनाईएको छ ।
कांग्रेसका मधेस केन्द्रित नेताहरू पनि पछिल्लो विधेयकले समस्या हल नहुने बताउँछन् । पछिल्लो पटक दर्ता भएको विधेयकको नागरिकता र भाषामा शब्दावली परिवर्तन गरिएको मधेसी नेताहरुको गुनासो छ ।
केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले भोलीको भेलाले मधेसप्रति कांग्रेसको धारणा बनाउने बताउनु भयो । नेताहरुले मधेसको समस्या सुल्झाउन भन्दै सरकारले पछिल्लो पटक दर्ता गराएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गरेपछि मात्रै चुनावमा जानुपर्नेमा जोड दिएका छन् ।
सत्तापक्ष र मधेसी मोर्चाबीच भएको अनौपचारिक समझदारी विपरीत संशोधन विधेयकमा शब्दावली परिवर्तन भएको भन्दै मोर्चाले आपत्ति जनाएको छ ।