रियल म्याड्रिडले मोनाकोका स्ट्राईकर किन्न ठूलो रकम खर्च गरिँदै

रियल म्याड्रिडले मोनाकोका स्ट्राईकर किन्न ठूलो रकम खर्च गरिँदै

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, बैशाख २ ।
स्पेनिस जायन्ट रियल म्याड्रिडले मोनाकोका स्टार स्ट्राईकर बाप्पेलाई भित्र्याउने तयारी गरेसँगै त्यसका लागि ठूलै रकम खर्च गर्ने तयारीमा जुटेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

उनलाई आफ्नो क्लबमा ल्याउन युरोपका अन्य प्रतिष्ठित क्बलहरू पनि उत्तिकै लालायित भएका छन् । बाप्पे बाल्यकालदेखि नै म्याड्रिडका समर्थक भएका कारण उनले अन्य क्लबहरू भन्दा पनि म्याड्रिडलाई नै बढी प्राथमिकता दिन सक्ने सम्भावना रहेको छ ।

फ्रान्सको राष्ट्रिय टोलीबाट दुई खेल खेलिसकेका बाप्पेले सन् २०१५ यता मोनाकोबाट ३३ खेल खेल्दै १३ गोलसमेत गरिसकेका छन् । उनको प्रतिभाकै कारण युवा स्ट्राईकर बाप्पेलाई म्याड्रिडलगायतका ठूला क्लबले विश्व कीर्तिमानी रकम खर्चिनका लागि तयार भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी