काठमाडौं ,वैशाख १ ।
सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आगामि ९ गते सम्ममा पार्टीको तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाईसक्ने निर्णय गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी हेडक्वार्टर बैठकले ९ गतेभित्र उम्मेदवारको टुङ्गो लगाई घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले बैशाख ९ गते दिउँसो १ बजे देशका सबै महानगरपालिका र नगरपालिका तथा गाउँपालिकामा चुनावी जनसभा गर्ने निर्णय पनि गरेको पार्टी प्रवत्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
माओवादीले पार्टीको मूल नारा ‘माओवादी केन्द्रको उपहार, गाउँरनगरमा सिंहदरबार’ तय गरेको छ । यस्तै बैठकले मधेशी मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधानका लागि अपिल गरेको प्रवक्ता भुषालले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline