काठमाडौँ, १ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताउनु भएको छ ।
नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा राजधानीमा आज आयोजीत कार्यक्रममा बोल्दै उहाँले आगामी स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोक्न खोजीए एमालले त्यसलाई सफल हुन नदिने बताउनु भयो ।
निर्वाचन भाँड्नका लागि अनेक ढङ्गले लागेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई सबैले परास्त गर्नुपर्नेमा खनालका जोड छ ।
संविधान कार्यान्वयन, देशमा शान्ति, स्थायित्व र विकासका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको र सोही अनुसार निर्वाचनको तयारी गर्नका लागि आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline