डिपिएल क्रिकेटमा रुपन्देही च्यालेन्जर्स १५ रनले विजयी

डिपिएल क्रिकेटमा रुपन्देही च्यालेन्जर्स १५ रनले विजयी

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमान्डौ ,बैशाख १ ।
धनगढीमा जारी धनगढी प्रिमियर लिग क्रिकेट अन्तरगत आज बिहान भएको खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ ।

क्षेत्रीय प्रहरी कार्यालयको मैदान धनगढीमा भएको खेलमा १ सय ३६ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रनमा समेटियो ।

काठमाडौंका लागि सुभेन्दु पाण्डेले १४ बलमा २० रन, सुमित महर्जनले ३७ बलमा २७ रन, रोहित कुमारले १७ बलमा २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

रुपन्देहीका शक्ति गौचनले तीन, विक्रम शोब र कृष्ण कार्कीले दुई दुई साथै पुष्प थापा र साहव आलमले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

रुपन्देहीका शंकर रानाले ३६ बलमा १६ रन, नुरध्वज सेनले २२ बलमा ३७ रन, पुष्प थापाले ३३ बलमा ३६ रन, प्रकाश केसीले १० बलमा १२ रन र बिक्रम शोबले ५ बलमा १० रन बनाए ।

काठमाडौंका लागि सोमपाल कामीले ४ साथै मञ्जित श्रेष्ठ, बसन्त रेग्मी र सन्तोष भट्टले एक एक विकेट लिए ।
आजै हुने दोस्रो खेलमा धनगढी टिम चौराहले सिवाईसी अत्तरियाको सामना गर्नेछ ।

यस अघि हिजो भएको खेलमा विराटनगर किङ्स र कन्चनपुर आइकोनिक विजयी भएका छन् । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले सात लाख नगद पुरस्कार हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी