प्रमुख निर्वाचन आयुक्त भन्छन् : मैले सेना परिचालन गर्ने कुरा गरेको छैन

प्रमुख निर्वाचन आयुक्त भन्छन् : मैले सेना परिचालन गर्ने कुरा गरेको छैन

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १ वैशाख । ‘मधेसमा सेना लगाएर भएपनि चुनाव गराएर छाड्छु’ भनी विभिन्न सञ्चारमाध्यममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नाम उद्धरण गरेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जित गरेर भ्रामक रुपमा सम्प्रेषित ती समाचारप्रति कुनै सत्यता नभएको भनी प्रेस काउन्सिल नेपालमा पठाउनुभएको उजुरी निवेदनको सुनुवाइ गर्दै काउन्सिलले त्यसप्रति आफ्नो ध्यान आकृष्ट भएको बताएको हो ।

काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “१९ वर्षपछि जनताले सङ्घीय संरचनाअन्तर्गत पहिलोचोटि आफ्नो मताधिकार प्रयोग गर्न र स्थानीय सरकार छान्न गइरहेको यस ऐतिहासिक घडीमा समाचारको सत्यता, विषयवस्तुको गाम्भीर्यताप्रति पूर्ण सजग र अझ बढी सचेत रहँदै आफ्ना सूचना सामग्री पत्रकार आचारसंहिताको परिधिभित्रै रहेर सम्प्रेषण गर्न हुन सम्पूर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मीसमक्ष हार्दिक आह्वान गरिन्छ छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ