गोरखामा ६ वटा राजनीतिक दलले दलीय हैसियतमा भाग लिन नपाउने

गोरखामा ६ वटा राजनीतिक दलले दलीय हैसियतमा भाग लिन नपाउने

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ १ वैशाख ।
गोरखामा ६ वटा राजनीतिक दलले आगमी वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा दलीय हैसियतमा भाग लिन नपाउने भएका छन् ।

संसदमा प्रतिनिधित्व नगरेका दलहरुलाई चुनाव चिन्ह नदिने निर्वाचन ऐनमा उल्लेख भए अनुसार उनीहरुले आगामी निर्वाचनमा दलीय हैसियतमा भाग लिन नपाउने भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १६ मध्ये ६ दलले चुनावमा भाग लिन नपाउने जिल्ला निर्वाचन अधिकारी राजेन्द्रप्रसाद पोखरेलले बताउनुभयो ।

निर्वाचन कार्यालयमा दल दर्ता भएपनि चुनाव चिन्ह नपाएपछि ती दल दलीय हैसियतमा चुनावमा भाग लिनबाट ती दल बञ्चित हुनुपरेको हो ।

पोखरेलका अनुसार नयाँ शक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले जनसमाजवादी, युनाइटेड ग्रीन अर्गनाइजेशन, नेपाल गान्धीवादी पार्टी, देशभक्त पर्यावररणीय सामाजिक मोर्चा र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ