वातावरण चुनावमय, ललितपुरका विभिन्न स्थानमा चुनावको माहौल बन्दै

वातावरण चुनावमय, ललितपुरका विभिन्न स्थानमा चुनावको माहौल बन्दै

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

ललितपुर, चैत्र ३१ ।
भोलिबाट नयाँ वर्ष २०७४ सुरु हुँदैछ । देशमा विभिन्न घटना र परिचर्चा भए र पछिल्लो समयमा २०७३ सालको अन्त्यमा आएर चुनावी माहौललाई तताएर बिदा हुँदैछ । योसँगै देशमा तीन वटै तहको निर्वाचन गर्ने वातावरण तयार हुँदै गएको छ । अर्कोतिर जनता पनि खुसी नै देखिएका छन् । धेरै वर्ष पछि स्थानीय तहको निर्वाचन गर्ने माहौल तयारीमा दलहरू जुटेका छन् भने शीर्ष दलका नेताहरू चुनावी माहौललाई थप बढावा दिन आ–आफ्ना गृह जिल्ला पुगिसकेका छन् ।

यसैबीच, ललितपुरका गाउँ तथा महानगरपालिकामा चुनावी माहौल दिनानुदिन बढ्दै गएको छ । नेकपा एमाले जिल्ला कमिटीको निर्देशनअनुसार सात बुँदे मापदण्डको परिधीमा रहेर चैत्र ३० गते कार्यपालिकास्तरीय कमिटीको बैठकबाट उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरिएको जिल्ला कमिटीका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताए ।

एमाले महालक्ष्मी नगर कमिटीको बैठकले प्रमुखमा किशोर केसी, रामेश्वर श्रेष्ठ, सूर्यबहादुर थापा, शैलेन्द्र राउत र हरिगोबिन्द श्रेष्ठको नाम सिफारिस गरेको छ भने उपमेयरमा उमा दाहाल, उर्मिला दाहाल, गंगा दाहाल, निर्मला थापा, प्रगति डंगोल, मीरा केसीको नाम सिफारिस गरेको छ ।

यस्तै गोदावरी नगर कमिटीले गोदावरी नगरपालिकाको प्रमुखमा गोमा घिमिरे, चेतनाथ सञ्जेल, पुरुषोत्तम आचार्य, मिठाराम केसी, रघुनाथ महर्जन, श्यामकृष्ण सिलवालको नाम सिफारिस गरेको छ भने उपप्रमुखमा अन्नपूर्ण बस्नेत, तारा सञ्जेल, सरिता केसी, अम्बिका बस्नेतको नाम सिफारिस गरेको छ ।

यस्तै महाँकाल गाउँपालिकाबाट प्रमुखमा अमृतनाथ तिमल्सिना, नवराज महत, बिमला दुलाल, रामचन्द्र दाहाल, श्याम बजगाईको नाम सिफारिस भएको छ भने उपप्रमुखमा कमला तामाङ्ग, कमला तिमल्सिना, गोमा घिमिरे, रेनुका बजगाईको नाम सिफरिस भएको छ ।

वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे, नवराज सञ्जेल र रामहरी घिमिरेको नाम सिफारिस भएको छ भने उपप्रमुखमा बिमला लामिछाने मगर, डोल्माकुमारी सिन्तान, सरस्वती दाहालको नाम सिफारिस भएको छ ।

यस्तै कोन्ज्योस्योम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको एकल नाम सिफारिस भएको छ । उपप्रमुख मिनु घिमिरे हुमागाई, राधा न्यौपाने, सुस्मिता दुलाल, विष्णु तामाङ्ग, सपना वलको नाम सिफारिस भएको छ ।

नेकपा एमालेले महानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाका उम्मेदवारहरू यसअघि नै सिफारिस गरिसकेको छ । बैशाख ३ गते बस्ने जिल्ला कमिटी बैठकले वडाका उम्मेदवारहरूको निर्णय गर्नेछ भने गाउँ तथा नगरपालिकाका प्रमुख उपप्रमुखको उम्मेदवारीका नामहरू प्रदेश कमिटीमा सिफारिस गर्ने प्रचार विभाग प्रमुख तिमल्सिनाले जानकारी दिएका छन् । महानगरपालिकाका उम्मेदवारहरूको सिफारिस बैशाख ३ गते जिल्ला कमिटी बैठकले गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ