निर्वाचन परिचालन कमिटीको संयोजकमा अध्यक्ष थापा

निर्वाचन परिचालन कमिटीको संयोजकमा अध्यक्ष थापा

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, ३१ चैत ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिगत गरी पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टीका पदाधिकारी, पूर्वकार्य सम्पादन समितिका नेतालगायतको सहभागितामा गठन गरिएको उक्त कमिटीले घोषणापत्र तयार गर्नेछ ।

सोही कमिटीले चुनावका लागि उम्मेदवार छनोटका विधि तथा प्रक्रिया निर्माण गर्ने, चुनावमा आफ्नो विजयीलाई सुनिश्चित बनाउन विभिन्न राजनीतिक दलसँग तालमेल गर्नका लागि सम्बन्धित जिल्लालाई अधिकार दिने भएको छ ।

घोषणापत्र सार्वजनिक गरिएपछि देशका सबै जिल्लाले पार्टीको वैचारिक तथा सैद्धान्तिकरुपमा निकट रहेका तथा अन्य सङ्गठनसँग तालमेलको आवश्यकताको अध्ययन गरी निर्णय लिनेछन् । त्यसैगरी आगामी वैशाख २ गतेदेखि देशव्यापी चुनावी सभा सञ्चालन गर्ने भएको छ ।

पार्टीका शीर्ष नेतृत्वको सहभागितामा १४ अञ्चलमा हुने सो कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि पार्टीका उपाध्यक्ष तथा महामन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

करिब दुई दशक लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा जनतालाई पार्टीका नीति तथा कार्यक्रमका बारेमा बुझाउने र पार्टीलाई विजयी बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको पार्टीका प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीका स्थानीय तहका सङ्गठनलाई नयाँ संरचनाअनुसार समायोजन गर्नका लागि सम्पूर्ण जिल्लामा विस्तारित बैठक पार्टीले सम्पन्न गरिसकेको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार जनताको माझमा पार्टीका राजनीतिक गतिविधिलाई लोकप्रिय बनाउने उद्देश्यले विभन्न अभियानसमेत सञ्चालन भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ