३१ चैत, काठमाडौं ।
नेपाली फुटबलका लागि बि.स. २०७३ साल उल्लेख्य रहृयो भने क्रिकेटमा नेपाललाई गहिरो चोट लाग्यो ।
घरेलु फुटबलको अवस्था सन्तोषजनक नरहे पनि अन्तर्रा्ष्ट्रिय फुटबलमा नेपालले अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्ने क्रममा एएफसी सोलिडारिटी कपको उपाधि जित्न सफल भयो ।
गत कात्तिक २० देखि ३० गतेसम्म मलेसियामा भएको प्रतियोगिताको उपाधि नेपालले मकाउलाई १ ० ले हराउँदै हात र्पायो ।
एएफसी सोलिडारिटी कप च्याम्पियनको हैसियतमा नेपालले एसियन कप छनौटको तेस्रो चरणमा स्थान बनायो । जस अन्तर्गत नेपाली टोली आगामी करिव १ बर्ष व्यस्त रहनेछ ।
गत चैत १५ गते भएको एसियन कप छनौटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४ १ ले पराजित भयो । नेपालले यस बर्ष खेलेका ७ अन्तर्रा्ष्ट्रिय खेलमा चार खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा पराजयको नतिजा निकाल्यो । नेपाल फिफा बरियातामा अहिले १७०औं स्थानमा छ ।
यस्तै २०७३ सालमा नै फुटबल संघले लामो समयपछि नयाँ नेतृत्व पनि पायो । नेपाली फुटबलले लामो समयदेखि नयाँ नेतृत्व पायो । करिव २० बर्षदेखि अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व लिइरहेका गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएपछि नयाँ नेतृत्वका लागि निर्वाचन भयो ।
गत कात्तिक ८ गते भएको निर्बाचनमा एन्फाको ‘असन्तुष्ट समूह’का नेता कर्मा छिरिङ शेर्पालाई पाँच मतले पछि पार्दै कार्यबाहक अध्यक्षसमेत रहेका नरेन्द्र श्रेष्ठ अध्यक्षमा निर्वा्चित भए ।
यस्तै यो बर्ष दुई बर्षअघिको गएको भूकम्पले दशरथ रंगशालामा क्षति पुयाएपनि समयमा नै पुननिर्माण हुन नसक्दा अन्तर्रा्ष्ट्रिय खेल आयोजना गर्न नसकेको नेपालले ०७४ सालमा पनि सोहि चुनौति ब्यहोर्नुपर्ने सम्भावना छ । यद्धपि एन्फाले सातदोवाटोमा रहेको मैदानमा अन्तर्रा्ष्ट्रिय खेल आयोजना गर्ने तयारी गरिरहेको छ ।
उता अर्को लोकप्रिय खेल क्रिकेटका लागी भने २०७३ साल बिर्सनलायक वर्षको रुपमा इतिहासमा दरिनेछ । बर्षको सुरुमै अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषदले आन्तरिक विवादका कारण नेपालको क्रिकेट संघलाई निलम्बन गर्यो ।
यसका कारण आइसीसीको आधिकारिकता नै गुमाउने स्थीतिमा रहेको नेपालले बिवाद समाधान र नयाँ क्रिकेट संघ गठनका लागि सल्लाहकार परिषद गठन गरेको छ र समाधान प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
संघ निलम्बनमा परेपछि घरेलु प्रतियोगिता नभए पनि नेपाली राष्ट्रिय टोलीले अन्तर्रा्ष्ट्रिय प्रतियोगिताबाट भने वञ्चित हुनु परेन । यसबीचमा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो र पाचौं चरणका खेलहरु सम्पन्न भए ।
चौथो चरणमा गत साउन २९ र ३० मा दुई खेल खेलेकोमा नेपालले एकमा जित र एकमा पराजयको नतिजा निकालेको थियो । त्यस्तै पाचौं चरणमा नेपालले गत फागुन २८ र ३० गते कीर्तिपुर मैदानमा केन्याबिरुद्ध खेल्यो । र एक खेलमा जित र एकमा पराजित भयो ।
सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकप छनौटको सुरुवाती खुड्किलो मानिएको यस प्रतियोगितामा नेपाल छैटौं स्थानमा छ ।
नेपालले १० खेलबाट ४ जित र ६ हारको साथ १० अंक जोडेको छ । प्रतियोगितामा दुई चरणका खेल बाँकी रहँदा नेपाल विश्वकपमा छनौट हुने संभावना निक्कै कमजोर देखिन्छ । नेपालले हङकङ र युएईसँग खेल्न बाँकी छ ।
यसैगरी ७३ सालमा नै निर्धारित समय सकिएर तेस्रो बर्षमा लाग्दा समेत हुन नसकेको राष्ट्रिय खेलकुदको सातौं संस्करण सम्पन्न भयो । यद्यपि, व्यवस्थापन र पूर्वाधारको हिसाबले उक्त खेलमेलाको आलोचना गर्ने विषयहरु धेरै रहेपनि उक्त प्रतियोगिताले नेपाली खेलाडीहरुले सक्रय रुपमा सहभागी भएर सफल बनाए ।
मूख्य गरी इण्डोर खेलहरु बाहिर खेलाइएको, तेक्वान्दो प्रतियोगिता निर्माणाधीन कवर्डहलमा गरिएको, एथ्लेटिक्स ट्र्याक अन्तर्रा्ष्ट्रिय मापदण्डको नभएको, क्रिकेट मैदान खराव रहेकोमा धेरै आलोचना भए ।
बिराटनगरको शहीद रंगशालामा उद्घाटन भएको खेलकुद धरानको एन्फा टेक्निकल सेन्टरको मैदानमा समापन गरिएको थियो ।
देशको पुरानो संरचनाअनुसार पाँच बिकास क्षेत्र र तीन बिभागीय टोलीको सहभागीता रहेको खेलकुदमा बिभागीय टोलीकै बर्चश्व रहृयो । २९४ स्वर्ण, २९४ रजत र ४४७ काश्य गरी १०३५ पदकका लागि भएको स्पर्धामा नेपाली सेनाले सबैभन्दा धेरै सफलता हासिल र्गयो ।
सेनाले १०८ स्वर्ण, ६१ रजत र ४३ काश्य गरी जम्मा २१२ पदक हासिल र्गयो । ४७ स्वर्ण ४२ रजत र ५६ काश्य गरी सशस्त्र प्रहरीको एपिएफले १४६ पदक जित्यो । ४० स्वर्ण ३७ रजत र ४० काश्य जितेर नेपाल पुलिसले तेस्रो स्थान कब्जा र्गयो । बिभागबाहिर मध्यमाञ्चल पहिलो भयो । उसले ३१ स्वर्ण, ४९ रजत र ५७ काश्य जित्यो ।
यसैगरी गत बर्ष ओलम्पिक कमिटीको साधारणसभा विबादरहित रुपमा सम्पन्न भई जीवनराम श्रेष्ठले जिम्मेबारी संहालेयता शान्त देखिएको ओलम्पिक बिवाद यो बर्ष पुनः देखियो । सर्बोच्च अदालतले आफूले दिएको परमादेश लागू गर्न गृह मन्त्रालयलाई ताकेता गरेपछि निश्क्रिय प्रायः रहेको रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटी पनि चर्चामा रह्यो ।
सर्बोच्चले पाँच बर्षअघि उनी नेतृत्वको ओलम्पिक कमिटीलाई आधिकारिक घोषणा गरेपनि ध्रुवबहादुर प्रधान नेतृत्वको कमिटीले आफू अन्तर्रा्ष्ट्रिय मान्यतामा रहेको अडानका साथ रहेका थिए ।
अगष्ट ५ देखि २१ अर्थात साउन २१ देखि भदौं ५ गतेसम्म ब्राजिलको रियो दि जेनेरियो शहरमा सम्पन्न विश्व खेलकुदको महामेला मानिले ग्रिष्मकालिन ओलम्पिकको ३१औं संस्करणमा
नेपालबाट ५ खेलमा ७ खेलाडीले सहभागिता जनाए ।
नेपाली खेलाडीहरुमा तेक्वान्दोकी निशा रावल, जुडोकी फूपूल्हामू खत्री, आर्चरीका जितबहादुर मोक्तान, एथ्लेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई तथा पौडीका गौरिका सिंह र शिरिष गुरुङ सहभागी थिए ।
११ हजार भन्दा बढी खेलाडीहरुमध्ये १३ बर्षीया गौरिका ओलम्पिककै कान्छी खेलाडीको रुपमा चर्चित भइन् । अन्तर्रा्ष्ट्रिय मिडियाले कान्छी खेलाडीको बारेमा निक्कै कभर गरे ।
१०० मिटर ब्याकस्ट्रोकमा सहभागीता जनाएकी गौरिका हिट चरणमा पहिलो भए पनि दोस्रो चरणमा पुग्न सकिनन् भने अन्य कुनै खेलाडिले पहिलो चरण पार गर्न सकेनन्
यस्तै खासै चासो नरहने भलिबल तर्फ नेपालका लागी २०७३ साल अविष्मरणीय बर्षको रुपमा रहन पुग्यो । ४१ बर्षको अन्तर्रा्ष्ट्रिय सहभागिताको इतिहासमा नेपाली पुरुष भलिवलले पहिलो पटक अन्तर्रा्ष्ट्रिय मेडल जित्न सफल भयो ।
महिला भलिवलमा अन्तर्रा्ष्ट्रिय पदक आए पनि नेपालको पुरुष भलिवलले अन्तर्रा्ष्ट्रिय पदक जित्न सकेको थिएन । तर यस बर्ष नेपाली टोली भाग्यमानी सावित भयो ।
गत चैत १७ गते माल्दिभ्समा सम्पन्न तेस्रो एसियन भलिवल कन्फेडेरेसन सेन्ट्रल जोन अन्तर्रा्ष्ट्रिय भलिवलमा नेपालले काश्य जित्यो ।