कमल सरगम
काठमाण्डौ
२०७३ लाइ फर्केर हेर्दा
यो बर्ष पनि कलाकारहरुले जे सोचेर लगानी गरे ति सब लगानी माटोमै बिलायो । धेरै नया कलाकारहरुको जन्म भयो भने पुरानाका केहि कलाकारहरु सधाबाहर कलाकारको रुपमा स्थापित रहे। यसै वर्ष राष्ट्रिय लोकदोहोरी गीत् प्रतिष्ठान नेपालको बृहत महादिबेशन पनि सम्पन्न भयो । चन्द्र शर्माको अध्यक्ष चलिरहेको सस्था चुनावमा गायक बिष्णु खत्रीलाई हराउदै बद्री पंगेनीले जितेपछि बद्री पंगेनीको अध्यक्षतामा नया निर्बाचित टिम अगाडी बढ्यो ।
[youtube https://www.youtube.com/watch?v=PxFxB8D6fO0]
अब कुरा जोडौ चर्चित गायक/गायिकाहरुको
गायक पशुपति शर्मा :-
सधै जसो यो बर्ष पनि पशुपति शर्मालाइ धेरै दर्शक श्रोतले एक मै राखेका छन देशकै उत्कृष्ट पुरष्कार छिन्नलता गीत पुरस्कार गुठि मार्फत सम्मानित समेत भएका पशुपति शर्माले वर्षको सुरुवात संगै तीजका धेरै गीतहरु बजारमा ल्याए सबै गीतहरु चर्चामा पुगे भने बर्षको अन्तिम अन्तिममा “आइजा काल”बाट पनि पशुपति शर्मा थप मजबुद बने तीजमा चलेका गीतहरु ;बत्ति बल्नै पर्दैन ,पहिले कस्ता हुन्थेर,लास्ट चोटी हो ,नक्कलिले खायो देश लगाएत सुपरहिट तीजका गीतको रुपमा रहे ।पशुपति शर्माले गएका गीतहरु अत्याधिक मन पराएर पनि होला यो बर्ष पछिल्लो पटक अगाडी देखिएको र केहि कमाई हुने बाटो युटुबमा पनि पशुपति शर्माको गीतहरु १ नम्बरमै पर्छन ।पशुपति शर्मालाई बर्षको अन्तिम अन्तिममा पुत्र लाभले थप खुसियाली थपिदियो ।यही बर्ष पशुपति शर्मा दोहोरी प्रतिष्ठानको केन्दीय प्रथम उपाध्यक्ष समेत भए ।
गायक बिरही कार्की
बिरही कार्की गायकको रुपमा सधाबाहर र धेरै दर्शक श्रोताको रोजाइको गायक हुन् ।यो वर्ष मौलिक गीतहरुको हिसाबमा बिरही कार्कीको धेरै गीतहरु चर्चामा रहे भने यही बर्षको अन्तिम अन्तिममा आमा-३ बजारमा ल्याएर थप बिरही कार्की चर्चामा आए ।कार्कीको अघिल्लो वर्ष आमा २ ले लाखौको मन जिते संगै त्यस पछी पनि धेरै चर्चा बोटुलेने गीतहरु बजारमा आए ।कार्कीले यही वर्ष आमाको नाममा फुलमाया कार्की फाउन्डेसनलाइ दर्ता गरि बिभिन्न व्यक्तिहरुलाई सहयोग गरि समाजसेवी गायकको रुपमा अगाडी रहे भने यो बर्ष अवार्डहरुमा पनि सबै भन्दा बढी अवार्ड पाउने गायकको रुपमा बिरही कार्की रहे । यो बर्ष कार्कीको चर्चित गीतहरु :होला मायालु ,आमा -३,डाँडामा बिजुली आयो ,मनै रुमला मै पागल हुम्ला ,झिने चुरा,झ्याउकिरी कराउनी ,म तिम्रो हैन भनेत् लगाएत रहे ।कार्कीको पछिल्लो पटक भने केहि गीतहरु युटुबमा हिट छन भने रेडियो टेलिभिजनमा कार्कीको गीतहरु १ मै रहन्छन । बिरही कार्कीले अहिले सम्म नगरेको काम आधुनिक र फ्लिमी गीतमा संगीत भरे ।
गायक रामजी खाण
रामजी खाड यो बर्ष भने गीत संगीत गाउनमा भन्दा पनि स्टेजमै धेरै व्यस्त रहे । खाडले गएका सबै गीतहरु चर्चामा पुगे ।अमिलो रसैले बाट अत्यधिक दर्शक श्रोताले मनमा राखेको यस बर्षको गायक रामजी खाड यो वर्ष बढी स्लो भन्दा पनि फ्रास्ट गीतहरु गाउनमा व्यस्त रहे । सधै मार्मिक गीतहरु गाउने गायक रामजी खाडको केहि मार्मिक र केहि डान्सीङ् गीतहरु ;बसायो बामारी हरर ,दर्शन झोर्ले ,एता तिर हेर्नै भुलेछु ,पहिलो मायामा ,हाम्रो माया छुट्यो दबाबमा ,झम्के मायालु लगाएतका गीतहरु चर्चाको सिखरमा पुग्यो ।रामजी खाड यो बर्षनै राष्ट्रय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको केन्दीय द्धितीय उपाध्यक्षको रुपमा विजयी भएका हुन् ।
गायिका देवी घर्ति मगर
जति पनि नया मुहरहरु देखिएपनि यो वर्ष गायिका देवी घर्तीलाई जित्ने गायिका आउन सकेनन । बर्षभरीनै ब्यत देखिएकी घर्तिले संख्यात्मक रुपमा मात्रै हैन गुणात्मक रुपमा पनि चर्चा पाईन । घर्तीले गएको उही खोलिमा पानि यो बर्षकै सबै भन्दा धेरै सुनेको र हेरेको गीतको रुपमा लिन सकिन्छ । पन्चेबाजा ,तीज बिसेष गीतहरु,रोइला ,देउडा देखि सबै गीतहरुमा आवाज दिन माहिर देबी घर्तीका यो बर्षका चर्चित गीतहरु :मर्ने चोला ,जाओ आसु बगेर ,मेरो झल्को आएमा ,जेन तेन पिडा सम्हालेर हास्न सिक्या छु,घर मेरो समाकोसी काठमाण्डौ ,पिंजडाको चरी,बाढी पहिरो भुइचालोले तर्साएको देशमा ,लगाएतका गीतहरु अत्याधिक दर्शक श्रोताको रोजाइमा पर्न सफल भए । स्टुडियो देखि स्टेज सम्म व्यस्त को रुपमा पनि देवी घर्ती देखीन ।यसै बर्ष देवी घर्ति दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्य पदमा धेरै मतले बिजयी भएकी हुन् ।
गायिका पूर्णकला बिसी
गायिका पूर्णकला बिसी पनि यो वर्ष पनि चर्चित गायिकाको रुपमा देखीईन । २०७२ सालको अन्तिममा पुत्री लाभ भए संगै गायिका पुर्नाकलाको परिवारमा खुसि भरियो भने गीत संगीतमा अझ उर्जा थपीयो । पूर्णकाले यस बर्ष पनि धेरै जसो गीतहरु मार्मिक गायिन भने केहि स्टेज जमाउने गीतहरु पनि गईन ।पुर्नाकलाका सुपरहिट गीतहरु :भाग्यमानि ,मैले झैँ माया ,कसलाई होला ,जागिर सरकारी ,बैशा चढेपछि लगाएतका गीतहरु चर्चामा ;पुगे भने पुर्नालाका बिसीलेनै गएको गीत बिबाधित गीतको रुपमा आयो “कस्तो गर्न मन लाग्यो” रहयो । धेरैले पुर्नाकलालाई यो गीत गएको भनेर गालि पनि गरे संगै पुर्नाकलले आगामी दिनमा यस्तो गीत नगाउने प्रतिबद्धता गरे ।गायिका पूर्णकला बिसीले गएको यस बर्षको अन्तिममा “काली मनपरि”अत्याधिक मनपराइएको स्टेज मुखी गीत हो ।पूर्णकलाप नि दोहोरी प्रतिष्ठानको केन्द्र्यी सदस्यमा अत्याधिक मत लिएर बिजय भएकी गायिका हुन् ।
गायिका मुना थापा मगर
गायिका मुना थापा मगर पनि यस वर्षको आम दर्शक श्रोताको गायिकाको रुपमा चिनिन । गत बर्ष जस्तै यस वर्ष पनि मगरको धेरे गीतहरु वियोगान्त आए भने अन्य धेरै गीत रोमान्टिक गीत बजारमा आए ।तीजमा पनि मुनाको गीत यो बर्ष दर्शक श्रोताले अत्याधिक रुचाए । यो बर्षकै उत्कृष्ट गीतको रुपमा “पिरतीको सलाई”मुना थापाको हो । मुनाको यस बर्षको उत्कृष्ट गीतहरु: झल्को आउछ परदेशी ,बाध्यतामा परदेश पस्या छु ,मगरको छोरो ,काफल जस्तै ,रक्षा गर गङ्गा र जमुना ,लगाइदेउ माया ,सहरिया बन्दै छौ लागएतका गीतहरु मुनाका यस बर्षका उत्कृष्ट गीत हुन् ।
गायिका बिष्णु माझी
गायिका बिष्णु माझि यस बर्ष पनि सबै भन्दा महंगी र चर्चित गायिकाकै रुपमा रहिन । बर्षको अन्तिम अन्तिममा आएर बिष्णु माझीको “मर्ने मिती”अत्याधिक रुचाइएको गीत् हो ।बिष्णु माझिलाइ ४० हजार तिरेर पनि गीत गाउँन लगाउने लगानी कर्ताहरु यस बर्ष पनि कमि रहेनन् । बिष्णु माझीले गएका सबै गीतहरु यस बर्षका चर्चित गीतको रुपमा लिन सकिन्छ । यसै बर्षको अन्तिममा सुनाचादिको महलले झनै बिष्णु माझीलाई गायिका मध्यकै बलियो खम्बाको रुपमा लिईयो ।बिष्णु माझीका सुपरहिट गीताहरु :ए परदेशी,-४ ,जवानीमा धक्का.धनि मान्छे ,धरातालामा ,तिम्रै नामको गीत .खोजे संसार भरि ,रुनु पर्यो धेरै,मर्ने मिती ,सुनाचादिको महल लगाएतका अधिकांश गीत सुपरहिट गीतको रुपमा लिन सकिन्छ । पर्दामा नदेखिएकी र अहिले सम्म कुनै कार्यक्रमहरुमा सहभागी नभएकी गायिका माझिलाइ नजरबन्धमा राखिएको भनेर आरोप लगाएपनि अहीले सम्म एकिन बाहिर आउन सकेको छैन ।
गायक पुष्कल शर्मा
गायक पुष्कल शर्मा पनि यस बर्ष धेरै स्टेज र स्टुडियो धाउने गायकको रुपमा देखिन्छन । शर्माको धेरै गीतहरु चर्चाका सिखरमा पुगे भने केहि गीतले पुष्कल शर्मालाई लाश बनायो । मलामी गीतले पुष्कल शर्मालाई धेरै बिबादमा ल्याएको थियो ।धेरैले पुष्कल शर्मालाई पुष्कल शर्मा मरे भनेर भनेपनि पुष्कल जीवितनै थिए । शर्माले मलामीबाट जति चर्चा पाए त्यो भन्दा बढी गालि पाए । दुरुस्तै मरेको बनाएका पुष्कलले आफुलाई जीवित छु भनेर पुन म मरेको छैन बजारमा ल्याएपछि पुस्कल शर्मालाई गालि गर्नेहरुको कमि भयो भने पुष्कल स्टेजमा पछिल्लो पटक व्यस्त रहेको गायकमा १ मै पर्छन ।
गायक बद्रि पंगेनी
गायक बद्रि पंगेनीलाई यस वर्ष निकै फलदायी वर्ष साबित भयो ।यही वर्ष सम्पन्न भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालको महादिबेसनमा पंगेनी अध्यक्ष पदमा बिष्णु खत्रीलाई पच्च्छाय्दै अध्यक्ष पद हात पारेका थिए भने यही बर्ष पंगेनीले धेरै चर्चामा पुग्न सफल गीतहरु बजारमा ल्याए । पंगेनीका यस बर्षका चर्चित गीतहरुमा :पाकेको फल ,आमाले टपरी गासेको ,सिरमा ढाकाटोपी ,नेपालैमा हुन् ,लाली जोबन ,ट्यांनकुटि ट्यांनकुटि झ्याई लगाएतका गीतहरु चर्चामा रहे ।
गायक राजु परियार
गायक राजु परियार केहि वर्ष अगाडिका चर्चित गायक हुन । पारिवारिक समस्याको कारण बीच समयमा केहि ग्याप गरेका राजु परियार पुन यस बर्ष गीत संगीतमा व्यस्त रहे । राम्रो गीतहरु बजारमा आफ्नै प्रस्तुतिमा पनि परियार बजारमा आएका थिए भने धेरै अन्य प्रस्तुतिमा पनि बजारमा आए । सुगन्ध दिने फुल केहि समय ओईलिएर् पुन फक्रिएपछी फेरी त्यो फूललाई माया गरे जस्तै गायक राजु परियारलाई पनि पुन दर्शक श्रोताको माया यो बर्ष प्राप्त भयो ।यही बर्षबाट परियारले अब सांगीतिक क्षेत्रबाट टाढा नरहने बाचा समेत गरेका थिए ।सम्पर्क बिहिन रहने आरोप लागेका परियार पछिल्लो पटक भने सम्पर्कमा आउने गरेको जानकारी छ ।
यसै क्रममा गायक खुमन अधिकारी पनि अत्यन्तै चर्चामा आए यस बर्ष खुमले गएका केहि गीतहरु चर्चामा छन । संख्यात्मक रुपमा भन्दापनि गुणात्मक रुपमा चर्चामा देखिने खुमनका गीतहरु संचारमाध्यममा अत्याधिक रोजाइमा देखियो ।
गायक कुलेन्द्र बिक पनि सधाबाहर चर्चित गायककै रुपमा यस बर्ष पनि चर्चामा रहे । केहि स्टेजमुखी त् केहि बेदनापरक गीतहरु गएर अगाडी बढेका बिकको यस बर्ष पनि नाम अगाडी सुनिएको नाममा पर्दछ । यस बर्ष अलिक बढी दशैमा देखिएका कुलेन्द्र बीच समयमा गुमगाम जस्तै देखिए भने बर्षको अन्तिममा फेरी केहि गीतहरु बाट आफ्नो गायकिपनलाइ मजबुद बनाए।
गायक राजन गुरुङको यस बर्ष पनि निरन्तरता उतिकै देखियो । राजन गुरुङको उही खोलाको पानी यस बर्षकै उत्कृष्ट गीतको रुपमा लिन सकिन्छ भने अन्य गीतहरु पनि चर्चामा छन ।
गायक मौसम गुरुङले यस बर्ष पनि आफ्नो सांगीतिक यात्रालाई थप मजबुद बनाएका छन ।आफ्नै कम्पनि सितल सिजन डिजिटल बाट धेरै गीतहरु बजारमा ल्याएर केहि गीतहरुबाट आफुलाई चर्चाको सिखरमा पुर्याएका थिए । गुरुङले बर्षको अन्तिम अन्तिममा एकल लोक गीत गएर श्रोतालाई अझ नजिक बनाए ।
चर्चित सर्जक तथा गायक बिमल राज क्षेत्रीले यस बर्ष पनि गीत संगीतलाई निरन्तरता दिएका छन ।आफ्नै कम्पनि प्रसान्ति डिजिटल मार्फत गीतहरु बजार पठाउने क्रममा क्षेत्री व्यस्त रहे क्षेत्रीले बर्षको बीच समयमा मौलिक गीत “लौरी लुकाउनी”बजारमा ल्याए संगै लाखौ दर्शकको माया पाएका थिए । लौरी लुकाउनीले विमलराज क्षेत्रीलाई यस बर्ष पनि चर्चित गायककै रुपमा मजबुद बनाउने काम गर्यो भने अन्य गीतहरुले सदाबाहर गायकको रुपमा अगाडी बढ्ने बाटो बनाएको छ ।
गायक भोजराज काफ्लेले यस बर्ष पनि गीत संगीतलाई निरन्तरता दिएका छन। बर्षभरी धेरै काठ्या गीतहरु सृजना गर्ने र गाउने कलाकारको रुपमा गायक भोजराज काफ्ले लिन सकिन्छ ।काफ्लेको आफ्नै म्यूजिक कम्पनि फुलबारी म्यूजिक पनि यस बर्ष फस्टाएको देखिन्छ ।काफ्लेले बर्षको सुरुवाती समयमा “माछी तारेको”बजारमा ल्याएका थिए गीतले लाखौ श्रोतालाइ तानेपछि थप मजबुद बने ।
गायक बालकुमार श्रेष्ठले यस बर्ष पनि गीत संगीतलाई निरन्तरता दिए । आवाजमा जति मिठो भएपनि सोचे जस्तो चर्चामा भने आउन सकेनन श्रेष्ठ । श्रेष्ठले बर्षको बीच समयमा “लाकुरीको बोटमा”बजारमा लाए संगै चर्चामा आए संगै दशैमा बाढी पहिरो ,बिदेशमा पैसाको रुख लगाएतका गीतहरु बालाकुमारको आवाजमा रहेको बर्षको चर्चित गीत हुन् ।बर्षको अन्तिममा श्रेष्ठले मिठो मुस्कान बजारमा ल्याए संगै बालाकुमारको आवाजमा आएका गीतहरु थपिदै गएको छ ।
गत बर्ष जस्तै गायक प्रकाश कटुवालले यस बर्ष पनि आफ्नो सांगीतिक यात्रालाई टिकाइराखे ।गत बर्ष अन्त्यन्तै बिबादमा मुछिएका प्रकाश यस बर्ष भने त्यति बिबादमा देखिएनन तर आइटम गीतमा पनि यस बर्ष प्रकाश कटुवाललाई देखिएको थियो । कटुवालले बर्षको अन्तिममा गुराँस फुल्ने गीत बजारमा ल्याएर थप चर्चा कमाउन सफल भए ।
गायक सरोज लामिछाने संचार जगत संगै गीत संगीतमा पनि बस्यत् देखिए । गत अघिल्लो अन्तिम अन्तिममा बजारमा आएको बदाम खाको सुन्तला छोडाकोले सरोज लामिछानेलाई वर्षभरि चर्चामा पुर्यायो । लामिछानेले गएको गीत मध्यकै चर्चामा पुगेको गीत बदाम खाकोनै थियो । संगै लामिछानेले माछी कहा छ गीत बर्षको अन्तिममा ल्याएका थिए हाल सोहि गीत चर्चामा छ ।
गायिका राधिका हमालले यस बर्ष त्यति गीत गाउँन खोजिनन कारण थियो हमाल धेरै स्टेजमा व्यस्त रहने । यसै बर्ष लोकदोहोरी गीत प्रतिष्ठानमा महिला सचिबमा निर्विरोध चयन समेत भएकी हमाल स्टेजमा अत्याधिक रुपमा देखिने गायिकामा यस बर्ष पार्छिन । आफ्नै प्रस्तुतिमा बर्षको सुरुवात संगै तीजलाई लक्षित गरि “कहाँ गईन राधिका” बजारमा ल्याएकी थिइन ।गीतले सफल बजार पाएको थियो ।संगै हमालले केहि गीत गएर सधाबाहर गायिकामा आफ्नो नामलाइ कायम राखिन ।
गायिका टिका पुन यस बर्ष पनि गीत संगीतमै व्यस्त रहिन ।टिकाले गत बर्ष जति गीत गाउँन भने पाइनन् । संख्यात्मक रुपमा टिकाको यस वर्ष अलिक कम गीत बजारमा आए । बिभिन्न गीतहरुबाट चर्चामा आएकी टिका पुन यस वर्ष बढी चर्चामा आउने गीत तिजको “माईतिको देश”दशैको अन्य गीतहरु रहेको थियो ।
पछिल्लो पटक गीत संगीतबाट टाढा रहेकी गायिका बिमा कुमारी दुरा यस बर्ष फेरी गीत संगीतमा देखिन थालिन । गत बर्षहरुमा त्यति गीत बिमाको आएको थिएन अहिले आएका गीतहरुले पुन बिमा कुमारी दुरालाई सदाबाहर गायिकाको उपमा दिएको छ ।दुराको पुरानो गीतहरु अझै दर्शक श्रोताको मुटुमा छ ।कुनै समय बिमाकुमारीको मात्रै गीत सुन्न पाउने दर्शक श्रोता यो बेला अलिक फरक अनुभब भने पक्कै गरेका छन । दुराको आवाजमा अब निरन्तर गीत आउने जानकारी पनि प्राप्त छ ।
गायक राजन कार्कीले यस वर्ष पनि आफुलाई गायकीको रुपमा चिनाएर अगाडी बढे। बढी रोइला सालैजो गीतहरुमा देखिएका कार्कीले यस वर्षपनि धेरै त्यस्ता मौलिक गीतहरु गएर सांगीतिक क्षेत्रलाई धनि बनाउने कोसिस गरे ।
कुनै समय अत्यन्तै चर्चाको सिखरमा पुगेको नाम हो गायिका लक्ष्मी न्यौपाने ।गायिका लक्ष्मी न्यौपाने पनि यस बर्ष सांगीतिक यात्रामा देखिन लागिन ।गत केहि बर्ष गीत संगीतबाट टाढै रहेकी न्यौपाने पछिल्लो पटक मनछुने गीतहरु अगेर आफुलाई मजबुद गायिकाको रुपमा देखाएकी छिन ।न्यौपानेले यस बर्ष ५ दर्जन भन्दा बढी गीत गएकी छिन ।
प्रबासमा रहेर पनि लोक गीत संगीतलाई अगाडी बढाउन हर प्रहार तत्पर रहेको नाम हो
गायक बिमल डाँगी ।बिमल डाँगी यस वर्षपनि बिभिन्न मनछुने गीतहरु गएर चर्चामा रहे ।केहि समय अगाडी अमेरिका प्रबेस गरेका डाँगीले सांगीतिक क्षेत्रलाई थप मजबुद बनाउन अमेरिकामै बसेर गीतहरु गएका छन । डाँगीले गएका धेरै गीतहरु विन्ध्यवासिनी म्यूजिक मार्फत बजारमा छ ।बर्षको बीच समयमा “भइयो परदेशी”बजारमा ल्याए संगै थप चर्चामा पुगेका डाँगी पछी पनि गीतलाई निरन्तरता दिएका छन ।डाँगीले केहि समय पछी सन्तोष बानियाँको शब्द संगीतमा टुहुरी गएको र आउने तयारीमा रहेको जानकारी दिएका छन ।
गायिका सरिता कार्की यस वर्ष पनि आफ्नो नामलाई गायिकामै स्थापित गर्ने प्रयास गरेकी छिन ।बर्षको सुरुवात संगै केहि गीतहरु सरिताको चर्चामा रहे तीजमा पनि मौलिक गीत गएकी कार्कीले मङ्सिर तिर पन्चेबाजा घुन्न मार्फत चर्चा बोटुलेकी थिइन् । मोडल महेन्द्र गौतम संग गएको सो गीत चर्चामा पुग्यो ।
केहि समय सांगीतिक क्षेत्रमा नदेखिएको अर्को सफल व्यक्तिको नाम हो याम छेत्री । गायक याम छेत्री यस बर्ष पनि गीत संगीतमा देखिएको नाम हो ।आमाको सम्झनामा गीत गएर बर्षको सुरुवातमा आएका गायक छेत्री बीच समयमा धेरै सफल गीत गाए संगै आफ्नै कम्पनि मार्फत गीतहरुलाई बजार ब्यबथापन गरेका थिए ।बर्षको अन्तिममा पन्चेबाजा गीत र तुम्बा तान्ने सुईरो गीत यामको चर्चाको गीतमा पर्छ ।
गायक भगवान भण्डारी यस बर्ष फेरी लोकदोहोरीमै फर्केका छन ।बाबा आमा दुधको भारा तिर्न सकिन गीत बाट भगवान भण्डारीलाई यस बर्ष पुनर आगमन गायकमा देखिएको छ ।भण्डारीले यस बर्ष केहि गीतहरुलाई बजारमा ल्याएका थिए ।केहि गीतले सफलता पायो त् केहि गीतहरुले सोचे जस्तो सफलता पाएन । भण्डारी अब सांगीतिक क्षेत्रमा निरन्तर देखिने बताउछन ।आन्तरिक कारण त्यति आउन नपाएको बताउदै अझै माया गर्ने दर्शक श्रोताको साथ् रहेको हुदा गीत संगीतमै देखिने बताउछन ।
अन्य गीत संगीतमा सधाबाहर रुपमा देखिएका चर्चामा पुगेका कलाकारहरुमा कृष्ण रेउले ,कृष्ण समिप सुबेदी,राजु ढकाल बिमल परियार,सुशिला गौतम,जानकि तारामी मगर ,सम्झना लामिछाने मगर ,जुना श्रीस, शर्मिला गुरुङ ,गीता देबी ,पार्वती कार्की,तुलसी घर्ती मगर , मेक्सन खाती ,टंक तिमिल्सिना ,अमृत खाती ,रेशम थापा प्रनिल गुरुङ्,उद्धब घिमिरे,केशर लामा ,सुन्दर बिरही पाख्रिन,अर्चना स्याङ्थान,अमृता लुंगेली मगर,उमा श्रेष्ठ ,काब्य आचार्य ,नेत्र भण्डारी ,बैकुण्ठ महत लगाएतका गायक गायिकाहरु बर्षका चर्चित गायक गायिकाको लिस्टमा पर्दछन ।
गायिका ज्योति मगर यस बर्ष पनि अत्याधिक बिबादित गायिकाको रुपमा देखा परिन ।गायिका ज्योति मगरले खेलेको गीतमा मात्रै हैन गएका गीतहरु पनि अत्याधिक बिबादित गीतमा पर्दछ ।बर्षको बीच समयमा ज्योतिले आफुले लगाएको कपडा स्टेजमै खोलेर देखाएको भन्ने प्रसङ्गले ज्योतिलाइ बढी बिबादमा तान्यो । ज्योतिले आफुलाई सम्हाल्न नसकेको भन्दै धेरैले ज्योतिलाई गालि समेत् गरे ।
यो बर्ष सबै भन्दा धेरै लोकदोहोरी गीत रेकर्ड गर्ने स्टुडियो मारुनी डिजिटल रेकर्डिङ स्टुडियो पर्दछ भने चर्चित गीतहरु मिक्सीङ्ग गर्ने ध्वनि सम्पादक को रुपमा कुमार राना मगर पर्दछन । धेरै चलेको गीतहरु एरेन्ज गर्नेमा बिनोद बाजुराली पर्दछन।
यस बर्ष धेरै गीतहरु बजारमा आए सोहि क्रममा धेरै गीत सृजना गर्नेमा यस बर्ष पनि एकनारायण भण्डारी एक मै पर्दछन ।कस्तुप पन्त पनि निकै चर्चामा रहे सर्जक मार्फत लाखौ दर्शक श्रोताको मन जिते कस्तुप् ले भने विमलराज क्षेत्री पनि सर्जकको रुपमा चर्चामा रहे । सागर बिरही ,रामु खड्का ,सन्तोष केसी ,बाबुराम बोहोरा ,प्रलाहद सुबेदी ,बैकुण्ठ महत ,नेत्र भण्डारी ,बिमल डाँगी ,सन्तोष बानियाँ ,गोबिन्द लामिछाने ,चेतन गोतामे ,अर्जुन खड्का ,शिब हमाल,प्रसाद लामिछाने ,शुन्दर बिरही पाख्रिन ,तिर्थ बिरक्त पाख्रिन ,रमेश श्रेष्ठ,सिखर गजरकोटे ,नरेश खाती क्षेत्री ,कुशल बिश्वकर्मा,ऋषि खड्का ,अमित बाबु रोकया मोति मुस्कान लगाएतका सर्जकहरु लय /शब्दबाट अत्याधिक चर्चामा रहे ।
यस बर्ष पनि नया अनुहारहरु धेरै देखिए कतिपय टिकाउको रुपमा देखिए भने कतिपाए आगम संगै अस्ताए पनि सोहि क्रममा गायिका अनुजा पुडासैनी यस बर्ष नया गायिकामा आफुलाई स्थापित गायिकाको रुपमा अगाडी बढाउन सकिन अनुजाले गएका गीतहरु बर्षको बीच समयमा धेरै चल्न थाल्यो संगै बर्षको अन्तिममा अनुजालाई धेरै दर्शक श्रोताले आफ्नो मनमा राखेका छन । त्यस्तै गायिका मिरा गीरी ,टिका तारामी मगर पनि यस वर्ष राम्रो गीत गाउने नव गायिकाको रुपमा लिन सकिन्छ । ।त्यस्तै नव गायक दिपक सुनुवार पनि यस बर्ष अत्यनै धेरै गीत गाउने मिठो आवज भएको नव गायकको रुपमा चिर परिचित गायक बन्न सके भने एन बि लामा पनि बर्षको अन्तिम मा गीत ल्याएर थप चर्चाका नव गायक बने , गायिका प्रिया सेन्चुरी पनि यस बर्ष नव गायिकाको रुपमा आफुलाई स्थापित गायिका बनाउन सकेकी गायिका हुन् । धेरै गीत गाउँन सफल प्रिया सेन्चुरीको सफलता बढ्दो छ ।गायक मोहन खड्का पनि यस बर्षका चर्चित नव गायकको रुपमा लिन सकिन्छ। खड्काले गएको मर्ने मिती यस बर्ष अत्यन्तै चर्चामा रहे बिक्रम गौतम .अर्पणराज गीरी गङ्गा दत्त गिरी, चिजा तामाङ्,अमित बाबु रोकय,कमल बिक ,अर्जुन कुवर ,हरि बहादुर काफ्ले मगर ,सोनिया श्री सरगम ,निशा कार्की,पबित्रा अधिकारी,युबराज छन्त्याल ,सुष्मिता भट्टराई ,रुची बुढा क्षेत्री,सिमा सुनुवार, भिमसेन खतिवडा,सितल बिसी ,खेम पुन ,केवल श्रेष्ठ केसब ,मोहन खड्का ,युबराज मगर ,प्रकाश सपुत ,बिनोद भण्डारी,,संजय फाउन्डफेल्डर,किरण गौतम ,सुजिता आचार्य,गौतम शेर्पा ,बिनोद लामा ,सपना मगर ,बिकाश परियार ,राजेन्द्र जीएम ,राजेश कुमार नेपाली ,नानु तामाङ् ,भीमा लामिछाने मगर ,सरस्वति सुनुवार ,तिलक सुनुवार ,बुद्धिमान घिसिङ्ग ,पूर्ण परियार .संगीता मगर प्रिती ,लक्ष्मी मगर ,कल्पना सुनुवार ,अशिम कुमार कटुवाल , चन्द्रमान तामाङ्, युनिक बिफा घिसिङ्ग ,शिब कार्की ,खेम भण्डारी ,मेघनाथ काफ्ले ,देबेन्द्र लामिछाने,प्रसाद खाप्तरी मगर,चेतन गोतामे ,सोनिया श्री सरगम ,भिमु गुरुङ ,आसुका सुसिता घिसिङ्,सबिना शेर्पा ,सबिना गुरुङ ,कृष्णा गुरुङ ,प्रमिला तामाङ्,कन्चन मगर ,निशा केसी , लगाएतका कलकार यस बर्षका नव गायक /गायिकाको रुपमा चिनीए ।
यसै बर्ष केहि दुरुस्तै कपि भएका गीतहरुलाई सार्बजनिक गरि कार्यक्रम गामेसिका धुनाहरुले रोक्नको लागि पहल गरको थियो सोहि क्रममा बहुचर्चित सर्जक कस्तुप पन्तको गीतको लय दुरुस्तै भेटे संगै कपि गर्ने व्यक्तिको गीतलाइ बन्द गरिएको थियो । यसै बर्षको अन्तिम अन्तिममा बदाम खाको सुन्तला छोडाको गीतको केहि प्रतिशत कपि गरे संगै कपि गर्ने गीतका सर्जकले माफ मागेपछि गीतलाइ बजार पठाउन छाडीएको हो । संगै बहुचर्चित गायक बिमल डाँगीको भैयो परदेशीको शब्द/थेगो दुरुस्तै कपि भएपछी गीत कपि गर्ने व्यक्तिले गीतलाई रि रेकर्ड गर्ने भनेपछि गीतलाई बन्द गरिएको थियो ।
सोहि क्रममा केहि समय अगाडी रामजी खाडको आवाज र लय मा रहेको फुल फुलेर पहेलै भयोको लय दुरुस्तै कपि भए संगै गीत रि एरेन्ज गर्ने सुचना आएपछी फेरी अर्को कपि गरिएको गीतलाइ पनि न्याए दिएको थियो ।
यस बर्ष चर्चामा रहेको गीतहरुमा : उही खोलिको पानी यो बर्षकै उत्कृष्ट गीतमा चिनियो भने पशुपति शर्माको आइजा कालले पनि उतिकै चर्चा बोटुल्यो त्यस्तै मौलिक काठ्या गीत बदाम खाको सुन्तला छोडाको पनि निकै राम्रो चलेको गीतमा पर्दछ ।गायक रामजी खाडको दामी देखिन्छ पनि यस बर्षकै अत्यन्तै चर्चामा पुगेको गीतमा लिन सकिन्छ ।मर्ने मिती बर्षको अन्तिममा आएर पनि धेरैको मन जित्यो भने सुनचाँदीको महाले पनि बर्षको अन्तिममा बजारनै पिट्यो ।
यस बर्षको चर्चित कम्पनीको रुपमा :विन्ध्यवासिनी म्यूजिक प्राली ,आशिष म्यूजिक प्रालि ,तिर्शना म्यूजिक प्रालि ,शीतारा म्यूजिक प्रालि ,सुनखानी म्यूजिक प्रालि ,संकलन संगीत प्रालि ,काब्य म्यूजिक सेन्टर ,हामाल म्यूजिक प्रालि ,कामना म्यूजिक प्रालि ,भावना म्यूजिक प्रालि ,गुरुआमा फ्लिम्स,युनाज क्रियसन ,आलाप स्टुडियो प्रालि ,म्यूजिक बैंक नेपाल ,मगर क्रियसन प्रालि ,छहारी म्यूजिक प्रालि,रक्षा म्यूजिक प्रालि SNB म्यूजिक एक्सप्रेस ,बुर्तिवाङ म्यूजिक प्रालि,सन्जना म्यूजिक प्रालि ,सपना म्यूजिक प्रालि ,सारथी म्यूजिक प्रालि ,गोर्खा चौतारी म्यूजिक प्रालि ,सितल सिजन म्यूजिक प्रालि लगाएतका कम्पनि लोकदोहोरी गीतहरु बजार ब्यबस्थापनमा निकै जोड गरेका थिए ।
यसै बर्षको अन्तिममा गायक दुर्गेश थापा र रोशन शिह पुन बिबादमा मुछिए । गीत चोरीको आरोप दुर्गेसले लगाएका थिए भने आरोप रोशनले खेप्नु परेका थिए । सोहि क्रममा मोडल बाट गायन क्षेत्रमा भने रश्मि तामाङ् आएकी थिइन ।
यसै वर्ष गायक प्रविन थापा अविरल बिबादमा मुछिए ।कस्तो गर्न मन लाछ गीत गाए संगै प्रबिनालाई धेरैले गालि गरे संगै प्रबिनको मनोबलमा केहि आच आए ।
यसै बर्ष धेरै दोहोरी कलाकारहरु बिदेशिएका थिए । कोहि कार्यक्रमको लागि भनेर उतै बसे भने कतिपय गीत संगीतको धरासायी बजार देखेर बिदेशीए ।
यसै बर्ष सर्जक शिब हमालले आफ्नै आवाजमा गीत गाउन थालेका छन ।गत बर्षहरुमा गीतलाइ शब्द र संगीत गर्दै आएका हमाल यस बर्ष धेरै गीतहरु आफ्नै आवजमा गएर सांगीतिक क्षेत्रलाई धनि बनाए हमालको अध्यक्षतामा रहेको लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वयमा सर्जक पिएन सापकोटालाई अध्यक्ष बनाएर हमाल प्रतिष्ठानको केन्द्रीय सदस्य बन्न पुगे र सबै भन्दा धेरै मत लिएर हमाल प्रतिष्ठानको केन्द्रीय सदस्य बनेका थिए ।