डिपिएल क्रिकेटमा कञ्चनपुर आइकोनिक ११ रनले विजयी

डिपिएल क्रिकेटमा कञ्चनपुर आइकोनिक ११ रनले विजयी

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

कैलाली ,३१ चैत ।
धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा आज भएको पहिलो खेलमा विनोद भण्डारीको कञ्चनपुर आइकोनिक ११ रनले विजयी भएको छ ।

क्षेत्रीय प्रहरी कार्यालयको मैदान धनगढीमा आज विहान भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहा कञ्चनपुर आइकोनिकसँग पराजित भएको हो ।
खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाउँदा अल आउट भयो । धनगढीका अनिल मडण्लले १५ बलमा १२ रन, आरिफ शेखले ३२ बलमा २२ रन, पारस खड्काले २३ बलमा २३ रन बनाए ।

यस्तै पृथु बास्कोटाले १७ बलमा १९ रन बनाए । धनगढीका चार जना ब्याट्सम्यान शून्यमा आउट भए । प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए । कञ्चनपुरका अभिनाश कर्णले तीन, ललित भण्डारी र चन्द्र साउदले दुई दुई साथै सिद्धान्त लोहनी र सुनिल धमलाले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । कञ्चनपुरका लागि सागर पुनले ४३ बलमा २० रन, सुनिल धमलाले ३७ बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए ।

कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई साथै सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी