माओवादी केन्द्रको बैठक बस्दै

माओवादी केन्द्रको बैठक बस्दै

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं चैत्र ३१।

पछिल्लो संशोधन प्रस्ताव पनि अस्वीकार भएपछि आगामी रणनीति तय गर्न  माओवादी केन्द्रले हेडक्वाटर बैठक बोलाएको छ ।

अपरान्ह ३ बजेपछि वालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा नयाँ संविधान संशोधन प्रस्ताव दर्तापछि उत्पन्न परिस्थितिबारे छलफल हुने पार्टीका प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

संविधान संशोधनका लागि सरकारले दर्ता गरेको पछिल्लो संशोधन प्रस्तावपनि मधेस केन्द्रित दल र प्रमुख प्रतिपक्षी एमालेले अस्वीकार गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो ।

असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याएर स्थानिय तह निर्वाचन सम्पन्न गर्ने उपायबारे बैठकमा छलफल हुने प्रवक्ता भुषालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ