रोनाल्डो चम्किएपछि बायर्न म्युनिख पराजित

रोनाल्डो चम्किएपछि बायर्न म्युनिख पराजित

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, चैत्र ३१ ।
युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरूमा स्पेनका रियल मड्रिड र एथ्लेटिको मड्रिड तथा फ्रान्सको मोनाको विजयी भएका छन् ।

जर्मनीमा भएको क्वाटरफाईनलको पहिलो लिगको खेलमा घरेलु टोली बायर्न म्युनिखलाई स्पेनको रियल मड्रिडले २–१ गोलले पराजित गरेको हो ।

खेलमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । बायर्नका अर्टुरो भिडालले पहिलो गोल गरे पनि यसपछि पाएको पेनाल्टी अवसर गुमाउन पुगेका थिए ।

च्याम्पियन्स लिग क्वाटरफाईनल पहिलो लिगकै खेलमा अर्को स्पेनिस क्लब एथ्लेटिको मड्रिडले इङ्गल्याण्डको लेष्टर सिटीलाई १ विरुद्ध शून्य गोलले हराएको थियो ।

स्पेनको मड्रिडमा भएको खेलमा एथ्लेटिकोलाई विजयी गराउन एन्टोईन ग्रेजम्यानले निर्णायक गोल गरेका थिए ।

यसअघि गएराति नै भएको पहिलो खेलमा फ्रान्सको मोनाकोले जर्मनीको बोरुसिया डर्टमण्डलाई उसैको मैदानमा ३–२ गोलले हराएको थियो । खेलमा पाहुना टोली मोनाकोलाई विजयी गराउन किलियन एम्बापेले दुई गोल गरेका हुन् । डर्टमण्डका स्वेन बेण्डरले एक आत्मघाती गोल गरेका थिए ।

घरेलु टोली डर्टमण्डका लागि भने ओस्मान डेम्बेले र शिन्जी कागावाले एक एक गोल फर्काएका थिए । जर्मन क्लब बोरुसीया डर्टमण्डको टीम चढेको बसमाथी मंगलबार राति विष्फोटक पदार्थबाट हमला भएपछि स्थगित गरिएको खेल बुधबार राति सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी