डीपिएल क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स विजयी

डीपिएल क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स विजयी

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

धनगढी, ३० चैत । धनगढी प्रिमियर लिग(डीपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स विजयी भएका छन् ।

शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्सले सिवाईसी अत्तरियालाई ४२ रनले पराजित गरेको छ । अर्को खेलमा काठमाडौँ गोल्डेन्सले विराटनगर किङ्गसलाई ८६ रनले पराजित गरेको छ ।

सेती अञ्चल प्रहरी मैदानमा भएको पहिलो खेलमा टस जितेर व्याटिङ गर्दै रुपन्देहीले छ विकेट गुमाएर १२९ रन बनायो । रुपन्देहीका लागि राजेश पुलामीले ३१ तथा प्रकाश केसीले २९ रन बनाए । पुलामी र केसीकाबीच छैटौँ विकेटका लागि ६१ रनको साझेदारी भएको थियो । सिवाईसी अत्तरियाले रुपन्देहीको खातामा २८ अतिरिक्त रन दिएको थियो ।

बलिङतर्फ अत्तरियाका विनोद लामा र प्रदीप ऐरीले समान दुई÷दुई विकेट लिए । राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको अत्तरिया टिम एकसय ३० रनको लक्ष्य पछ्याउने क्रममा ८७ रनमै समेटियो । अत्तरियाका लागि मल्लले ३० रन, विनोद लामाले १८ र अविानश वोहोराले १४ रन बनाए ।

बलिङतर्फ रुपन्देहीका सहव आलमले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै ८ रन दिए । वेल्स क्याफे म्यान अफ द म्याच भएका आलमले रु १० हजार पुरस्कार पाए । यस्तै विक्रम सोवले दुई विकेट लिए ।

आज भएको दोस्रो खेलमा टस जितेर व्याटिङ गर्दै काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७३ रन बनायो । काठमाडौँका लागि सुमित महर्जनले २७ बलमा अविजित ४४ रन, सोमपाल कामीले २० बलमा ३९, वसन्त रेग्मीले २४ बलमा ३०, सुभेन्दु पाण्डेले २५ बलमा २७ तथा नरेश बुढाऐरले १३ रनको योगदान दिए ।

बलिङतर्फ विराटनगर किङ्गसका शरद भेषवाकरले दुई तथा सुशील कँडेल र सन्दिप लामिछानेले एक÷एक विकेट लिए ।

एक सय ७४ रनको लक्ष्य पछ्याएको विराटनगरले १९औँ ओभरमा सवै विकेट गुमाउँदै ८७ रन मात्र बनायो । विराटनगरका लागि दिपेन्द्रसिंह ऐरीले २४ बलमा ३१ रन र कप्तान शरद भेषवाकरले १३ रन बनाए ।

बलिङतर्फ काठमाडौँका सन्तोष भट्टले तीन, भुवन कार्की र बसन्त रेग्मीले दुई÷दुई तथा मञ्जित श्रेष्ठ र सोमपाल कामीले एक÷ एक विकेट लिए । खेलको ‘वेल्स क्याफे म्यान अफ द म्याच’ वनेका सुमित महर्जनले रु १० हजार पुरस्कार प्राप्त गरे ।

बिहिबार धनगढी र कञ्चनपुर आईकोनिकबीच तथा विराटनगर किङ्गस र सिवाईसी अत्तरीयाबीच खेल हुने प्रतियोगिताका संयोजक सुवास शाहीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी